AArya
RUMPUM
animated ellipse animated ellipse

नेपाल भारत नाका आइतबारसम्म सिल

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२५ फाल्गुन २०७४, शुक्रबार १९:२९
3
Shares
विराटनगर, २५ फागुन/ भारतको अररिया जिल्लामा हुने चुनाब लाई लक्षित गरि नेपाल भारत सिमा शिल गरिएको छ ।

आज साझ ६ बजे देखि आइतबार साझ ६ बजे सम्म सिमा सिल भएको जिल्ला प्रशासन कार्यालय मोरङ ले जनाएको छ ।

तीन वर्ष अगाडि भएको लोकसभा निर्वाचनमा राष्ट्रिय जनता दल (आरजेडी) का नेता मोहम्मद तसलिलेद्दीनले जितेको क्षेत्रमा उपचुनाब हुन लागेको हो । तस्सलेद्दीनको गत सेप्टेम्बर ११ मा निधन भएपछि उपचुनाब हुन लागेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । शुक्रबार अररियाको लोभसभासहित भभुवा र जहानाबाद जिल्लाको विधानसभाको लागि पनि उप–चुनाब हुँदैछ ।

सिमाना सिल हुँदा मोरङको जोगबनी नाकामा समस्या हुने छ । सिमा सिल ७२ घन्टाको हुने जनाएको छ । नेपाल र भारत को संयुक्त सुरक्षाको बैठकद्वारा नेपालमा चुनाब हँुदा भारतले सहयोग गर्दै आएको छ भने भारतमा चुनाब हुँदा नेपालले सहयोग गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर