पूर्वाञ्चल खबर
आज स्कूलमा एक कार्यक्रमका विच नेपाल स्काउटका राष्ट्रिय संयोजक चन्दन कौशिक क्यामको सुरुवात गरेका हुन् । तीन दिन सम्म स्काउट फ्रेन्डसिप क्याम्पमा मोरङ जिल्लाका सामुदायिक तथा निजी विद्यालयका दुई सय जना विद्यार्थीहरुको सहभागिता रहेको स्कुलका प्रिन्सिपल तथा इकाई अध्यक्ष धिजनबाबु काफ्लेले जानकारी दिए । उनका अनुसार क्याम्पमा कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरु सहभागि रहेका छन् ।
सहभागिहरुले दौड प्रतियोगिता, डान्स, फेशन सो, फुड प्लाजा, क्याम्प फायरलगायतका विभिन्न साहसिक खेलमा सहभागिता जनाउनेछन् । एकता र शान्ति नाराका साथ सुरु भएको क्याम्पमा विद्यार्थीलाई विभिन्न खेलका साथ साथै आत्मरक्षाकोकला पनि सिक्ने आयोजकले जनाएको छ ।
कार्यक्रममा मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्य, क्याम्प चिफ प्रदिपकुमार विश्वास, क्याम्प संयोजक धिजनबाबु काफ्ले र विराटनगर महानगर पालीका वडा नं. १० वडा अध्यक्ष माधवराज वाग्लेलगायतले बोलेका थिए ।