पूर्वाञ्चल खबर
ओपनर ज्ञानेन्द्र मल्ल दोस्रो ओभरको पहिलो बलमै १ रनमा आउट भए । ज्ञानेन्द्रलाई साफयान शरिफले बोल्ड गरे । अर्का ओपनर दिलीप नाथ पनि ४ रन बनाएर आउट भएका हुन् । उनलाई विटिङघमले एलबिडब्लुको धरापमा पारे । यस्तै दीपेन्द्रसिह ऐरी पनि १ रनमै पेभिलियन फर्के । लगत्तै शरद भेषावकरलाई पनि विटिङघमले बोल्ड गरे । आरिफ शेख पनी २ रनमा पवेलियन फर्के । हारिफलाई विटिङघमले क्रसको हातबाट क्याच गराएका थिए ।
अहिले पारस खड्का ३० रन र सोमपाल कामी ब्याटिङ गरिरहेका छन् । खेल जिम्बावेको बुलावायोस्थित क्विन्स स्पोट्र्स पार्कमा भइरहेको हो।