AArya
RUMPUM
animated ellipse animated ellipse

विरामीलाई ठगि गर्ने दुई जना दलाल विराटनगरबाट पक्राउ

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२३ फाल्गुन २०७४, बुधबार १९:१८
3
Shares
विराटनगर, २३ फागुन /बिरामी ठगी गर्ने दुई जना दलाललाई प्रहरीले पक्राउ गरेको छ ।

क्लिनिकहरुले दलाललाई दिने कमिसनको लोभमा पारी विरामीहरुलाई ठगि गर्नेलाई मोरङ प्रहरीले बुधबार विराटनगरबाट पक्राउ गरेको हो ।

मोरङ प्रहरीले सादा पोशकमा खटिएको प्रहरी टोली परिचालन गरी सप्तरी राजबिरज घर भइ विराटनगर डेरामा बस्ने ३२ वर्षिय सिताराम सरदार र जनकपुर घर भइ विराटनगर बस्ने उमेश महतोलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । पक्राउ गरेको दलालले विराटनगरको हस्पिटल चौकमा रहेको राजु साहले सञ्चालन गरेको नेशनल क्लिनीकमा पु¥याउने गरेका थिए । ती क्लिनीकले एक जना विरामी पु¥याएका बापत दलाललाई ५ सय रुपैयाँ दिने गरेको पाइएको छ ।

विराटनगरको हस्पिटल चौकमा रहेको अधिकाशं निजी क्लिनीकहरुले विरामी ल्याए बापत निश्चित रकम कमिसन सञ्चालकले दलाललाई दिने गरेका छन् । यसरी दलाल प्रयोग गरी विराटनगरमा क्लिनिकले विरामी ठगि गरेको पाइएपछि मोरङ प्रहरीले विशेष निगरानी गर्दै आएको थियो । पक्राउ परेका दलाललाई प्रहरीले थप अनुसन्धान पछि मात्र मुद्दा चलाउने मोरङ प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर