AArya
RUMPUM
animated ellipse animated ellipse

गाउँगाउँमा वित्तिय साक्षरता कार्यक्रम

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२३ फाल्गुन २०७४, बुधबार १८:३९
3
Shares
विराटनगर, २३ फागुन /ग्रामीण क्षेत्रका वासिन्दाहरुलाई लक्षित गरि वित्तीय साक्षरता प्रदान गर्न तथा बचत गर्ने बानीको विकास गराउन गाउँगाउँमा वित्तिय साक्षरता कार्यक्रम थालिएको छ ।

नेरुडे लघुवित्त विकास बैंकले सक्षम एसेस टु फाईन्नासको सहकार्यमा उनीहरुलाई विवेक पूर्ण तरिकाले वित्तिय निर्णय लिन सक्ने ज्ञान र सीपको विस्तार होस भन्ने उद्देश्यले सुनसरी जिल्ला अन्तरगत धरानको बाजोगरामा मंगलबार र बर्जु गाउँपालीकाको चिमडीमा बुधवार सो कार्यक्रम अयोजना गरिएको थियो ।

सो कार्यक्रमअन्तर्गत पहिलो चरणमा रेमिट्यान्स, पारिवारिक बजेट तर्जुमा, बचत, कर्जा, बैंक/वित्तिय संस्थाको छनौट तथा लघुबिमा सम्बन्धी विषयहरुलाई समेटिएको भिडियो प्रर्दशन गर्दै अभिमुखीकरण गरिएको थियो । सहभागीहरु मध्येकी रुनु चौधरीले यस प्रकारको कार्यक्रम पहिलो पटक भएको र व्यवहारिक जीवनमा उपयोगी हुने विचार व्यक्त गरिन ।
यो कार्यक्रमबाट सहभागिहरुलाई वित्तीय साक्षरता प्राप्त हुने र फजुल खर्चमा नियन्त्रण भई बचत गर्ने बानीको विकास हुने विश्वास लिएको बैकका प्रबन्ध संचालक मणिकुमार अज्र्यालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर