पूर्वाञ्चल खबर
पोखरिया चौकमा रहेको अनन्त भगवानका मन्दिरमा २४ घन्टे मानष पाठ तथा ४८ घण्टे हरिकृतन सहित ७२ घन्टे अष्टजाम शूरु भएको हो ।
मन्दिर परिसरमा भएको अष्ठजाममा जहदा गाउँपालिकाका मात्र नभएर भारतको अररिया, सिकटि, कुआडी, वरदाहलगायतका स्थानका भक्तजनहरुकोपनी सहभागिता रहेको अष्टजानमा समारोह समितिका उपसभापती जयनाथ मण्डलले वताए । अष्ठजामसंगै पोखरिया चौकनै धार्मिक ग्रन्थ अनुुसार देवि देवताको मुर्ति राखेर सिगारिएको छ । रामायण ग्रन्थ अनुुसार चित्रण गरिएर राखिएका मुुर्तिले अष्ठजामको महत्वलाई झल्काएको पाइन्छ ।
अष्ठजामको विधिवत रुपमा मोरङ व्यापारसंघका अध्यक्ष एंव पुर्व सांसद पवन सारडाले उद्घाटन गरे । अष्ठजामको प्रारम्भ अघि कलश यात्रा निकालिएको थियो । कलशयात्रको शुभारम्भ व्यापार संघका अध्यक्ष सारडाले गरेका थिए । अध्यक्ष सारडाले लोहन्द्रा खोलाको पुुलमा रिवन काटेपछी जल सहितको कलश यात्रा प्रारम्भ भएको थियो । सो अवसरमा वोल्दै अध्यक्ष सारडाले धर्म ससकृतिले समाजलाई जोडने काम गरेकाले यस्ता धार्मिक कार्यक्रमको महत्व निकै रहेको बताए । कलश यात्रामा ठुलो शख्यामा महिलाहरुको सहभागिता थियो ।
सिमाक्षेत्रसंग जोडिएका स्थानहरुमा हुुने यस्ता अष्ठजाम तथा धार्मिक कार्यक्रमले धार्मिक पर्यटनमा टेवा पुुग्ने मुुल समारोह समितिका उपसभापती जयनाथ मण्डलले वताए ।