खबर पूर्वाञ्चल
३३ किलो तस्करीको सुन हराएको काण्डमा तस्करहरुले सनमलाई यातना दिएर अनुसन्धान गरेका थिए तर अनुसन्धानका करेन्ट लगाउँदा मृत्यु भएपछि लास व्यावस्थापन गर्न भारतीय सिमातर्फ लैजादै गर्दा विराटनगरबाट प्रहरीले पक्राउ गरेको थियो ।
महानगरिय प्रहरी अपराध महाशाखा टेकु काठमाण्डौबाट खटेको प्रहरी टोलीको सहयोगमा मोरङ प्रहरीले विराटनगर–३ गोधुली मार्गमा शंकास्पद रुपमा दक्षिणबाट उत्तर तर्फ जाँदै गरेको बा. १२ च. ५९६३ नम्बरको स्कारपियो गाडी र सोही गाडीको पछाडी जादै गरेको मे. १ च. ५३९५ नम्बरको गाडी खानतलासी गर्दा सनमको शव भेटिएको थियो ।
शाक्यको शव भेटेसँगै प्रहरीले घटना हुनुमा सुन तस्करी मुख्य कारण भएको भन्दै अनुसन्धानलाई अझै व्यापक बनाएको छ । चीनबाट ३३ किलो सुन नेपाल हुँदै भारत लैजान ल्याइएको थियो । सुन तस्करी गर्ने भरिया मध्येका एक सनमपनि थिए ।तस्करीको सुन गायब भएपछि तस्करहरुले सनमलाई टचर दिएका थिए । सुन खोज्न टचर दिँदा उनको मृत्यु भएको हो ।
प्रहरीले शाक्यको हत्यामा संलग्न भएको आरोपमा काभ्रे मण्डन देउपुर १२ बस्ने २९ वर्षीय टेकराज मल्ल, मोरङको उर्लाबारी ७ बस्ने ३३ वर्षीय कृष्ण भनिने नरेन्द्र कार्की र मोरङको उर्लाबारी ५ बस्ने ३७ वर्षीय मोहन काफ्लेलाई पक्राउ गरेको छ ।
पक्राउ परेकाहरु साक्यका साथी हुन् । उनीहरुलाई पनि तस्करले शारिरिक यातना दिएर सुन खोज्ने कोशिष गरेका थिए ।
प्रहरीले अनुसन्धानका क्रममा कालो म्याट्रेस, त्रिपाल र तौलियाले छोपी लुकाई राखेको मृतक लाश, करेन्ट लगाउन प्रयोग गरिएका तार जोडिएका ब्याट्रिहरु समेत फेला पारेको छ ।