AArya
RUMPUM
animated ellipse animated ellipse

विश्वकप छनोटमा जिम्बावेले दियो नेपाललाई ३ सय ८१ रनको विशाल लक्ष्य

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२० फाल्गुन २०७४, आईतवार १७:१७
3
Shares
फाइल तस्वीर
विराटनगर, २० फागुन / विश्व कप छनोट खेलमा आयोजक जिम्बावेले नेपाललाई ३ सय ८१ रनको विशाल लक्ष्य दिएको छ ।

टस जितेर ब्याटिङ गरेको जिम्बावेले ब्रेन्डन टेलर र सिकन्दर राजाले शतकको मद्दतले निर्धारित ५० ओभरमा ६ विकेट गुमाई ३ सय ८० रनको विशाल योगफल तयार पारेको छ ।

जिम्बावेका सिकन्दर राजाले ६६ बलमा ९ छक्का र ७ चौका प्रहार गरि १ सय २३ रन बनाउँदा ब्रेन्डन टेलरले ९० बलमा १ छक्का र ७ चौका प्रहार गरि १ सय रनमा आउट भए । त्यस्तै सोलोमन मायरलाई ५२ रन, सेफास जुवावलाई ४१ रन, क्रेज एर्विन ३४ रन र हामिल्टन मसाकाड्जाले १७ रनको योगदान दिए ।

नेपालका बसँत रेग्मि र सोमपाल कामीले २–२ विकेट लिँदा पहिलो खेल खेलेका ललितसिंह राजवंशी र सन्दिप लामिछानेले १–१ विकेट लिए । कामीले ८ ओभरमा ८२ रन दिएर सवैभन्दा महङ्गा बलर सावित भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर