खबर पूर्वाञ्चल
उनले विराटनगर महानगरपालिकाको विभिन्न ठाउँदेखि बुढीगंगा गाउँपालिकाको टंकीसिनवारीसम्म भएको सांगीतिक कार्यक्रममा गीत गाउन भ्याए ।
हालै बजारमा ल्याएका ‘होली आयो रे…’ नामक एल्वममा समावेश गरिएको चर्चित गीतहरु प्रस्तुत गरे । कला संस्कृतिको जगेर्ना गर्दै उनले होलीका दिन गीत प्रस्तुत गरी सबैलाई मनोरञ्जन प्रदान गरे । शुक्रबार भएको होलीमा उनले विराटनगर – ४ राजवंशी चौकदेखि आरम्भ भएको सांगीतिक कार्यक्रमले खारजी, कञ्चनबारी, बरगाछी चौक हुँदै मुनालपथ, महेन्द्रचौक, ट्राफिक चौक, देवकोटा, हाटखोला, चाँदनी, पानचाली, पुष्पलाल चौकमा साँगीतिक कार्यक्रम भएको थियो । उक्त होली विशेष साँस्कृतिक कार्यक्रम पोखरीया चौकमा पुगेर सम्पन्न भएको गायक खड्काले जानकारी दिए ।
उनले होली आउन एक साता अघिदेखि विभिन्न कार्यक्रममा होली विशेष कार्यक्रममा गीतहरु प्रस्तुत गर्दै आएका छन् । ‘होली आउँन साता अघिदेखि नै निमान्त्रणा आउने गर्दछ,’ गायक खड्काले भने, ‘होलीमा त भ्याइनभ्याइ हुने गर्दछ ।’ उनले होलीमा होलीको मात्र गीतहरु प्रस्तुत गरी सबै उमेर समूहकालाई मनोञ्जन प्रदान गर्दै आएका छन् । ‘अन्य गीत त अरु बेला नै गाइन्छ,’ उनले भने, ‘होलीको दिन स्पेसल भएकोले आफनै होलीको एल्वमबाट होली गीत प्रस्तुत गर्दछु ।’
हालै बजारमा ल्याएको ‘होली सरर..’ एल्वम नेपालमा पहिलो होली एल्वम रहेको खड्काले दाबी गरे । यस एल्वममा गायक खड्काको स्वर र संगीतहरु रहेको छ ।