AArya
RUMPUM
animated ellipse animated ellipse

दर्शकलाई घरि हँसाउँदै घरि रुवाउँदै सकियो मुनामदन

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१६ फाल्गुन २०७४, बुधबार २०:१४
3
Shares
फाइल तस्वरि
विराटनगर, १६ फागुन / महाकवि लक्ष्मीप्रसाद देवकोटाको कृतिमा आधारित नाटक ‘मुनामदन’ को मञ्चन सकिएको छ ।

छिनछिनमै दर्शकलाई हँसाउँदै र रुवाउँदै नाटकको मञ्चन सकिएको हो । विराट आदर्श साहित्य मञ्चको आयोजनामा गुरुकुलको सुशीला कोइराला नाटकघरमा शनिबारदेखि सुरु मुनामदन नाटक हेर्न हरेक दिन विशिष्ट व्यक्तिहरूका साथै विद्यालय, क्याम्पसका साथै अभिभावकहरूको समेत अत्यधिक भीड लागेको थियो ।

प्रत्येक दिन दुई शो मञ्चनको तयारी भए पनि दर्शकको अत्यधिक चापका कारण ४ शोसम्म गरिएको थियो । अत्यधिक भीडकै कारण आयोजकले भुइँमा गुन्द्री र दरी बिछ्याएर दर्शकलाई राख्नुपरेको थियो । मुनामदनको नाट्य रुपान्तरण कटुवाल दीपकले गरेका हुन् भने निर्देशन सुदीप कार्कीले गरेका छन् ।

महाकवि देवकोटाले कृति ‘मुनामदन’ नाटकमा रुपान्तरण गरी रंगकर्मीमा डेब्यू गरेका कलाकारले सशक्त अभिनय गरेका छन् । विराटनगर र आसपासका विद्यालय र क्याम्पसले अग्रिम शो नै बुक गरेर विद्यार्थीलाई नाटक हेर्न ल्याउने गरेको मञ्चका प्रमुख सल्लाहकार मीनकुमार नवोदितले जानकारी दिए ।

समापन समारोहमा विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले महाकविको मुनामदन कृतिलाई नाटकले न्याय गरेको प्रतिक्रिया दिए । उनले भाषा साहित्य र संस्कृतिको विकासका लागि महानगरपालिका गम्भीर रहेको बताए ।
समापन समारोहमा राष्ट्रियसभा सदस्य प्राज्ञ खेम नेपाली, प्राज्ञ विवश पोखरेल, लायन्स क्लब अफ अन्तर्राष्ट्रिय डिष्ट्रिक ३२५ ए–वानका पूर्वगभर्नर भीम घिमिरे, हिसान मोरङका अध्यक्ष बलराम पन्त, प्याब्सन मोरङकी उपाध्यक्ष शीतला सुब्बालगायतको उपस्थिति थियो ।

नाटकमा सरु कटुवाल, लकेश दंगाल, मनाहाङ लावती, अनु श्रेष्ठ, प्रविण राई, जिना राई, निशान मगर, सविना भट्टराई, सन्जित राई, विकेक आचार्य र लकेश राईलगायतका कलाकारले अभिनय गरेका छन् । १ नम्बर प्रदेशका प्रमुख गोविन्दबहादुर तुम्बाहाङसहितका विशिष्ठ व्यक्तिहरूले नाटक हेरेको नाट्य संयोजक कमल पोखरेलले जानकारी दिए । औपचारिक रुपमा नाटक समापन भए पनि आइतबार अतिरिक्त केही अतिरिक्त शो मञ्चन हुने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर