RUMPUM
animated ellipse animated ellipse

बलिवुडकि महसुर हिरोइन श्रीदेवीको निधन

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१३ फाल्गुन २०७४, आईतवार ०७:०६
3
Shares
विराटनगर,१३ फागुन / बलिवुडकि महसुर हिरोइन श्रीदेवीको आज निधन भएको छ । ५४ वर्षीय श्रीदेवीको दुवैईमा निधन भएको हो ।

उनी वैवाहिक समारोहका लागि दुवई पुगेकी थिईन् उनको हृदयघात भएर निधन भएको पारिवारिक स्रोतलाई उद्धृत गर्दै भारतीय संचारमाध्यमले जनाएका छन् । सन् १९६३ अगस्ट १३ तारिखमा भारतको तामिलनाडुमा जन्मिएकी श्रीदेवीले झण्डै चार वर्षकी हुँदै तमिल चलचित्र कंधन करुणईमा अभिनय गरेकी थिईन् ।

उनले बाल कलाकारको रुपमा ‘मे तेलुगु’ र ‘मलयालम’ चलचित्रमा पनि अभिनय गरेकी थिइन् । उनले ३ सय भन्दा धेरै चलचित्रमा अभिनय गरेकी छिन् । श्रीदेवीले नगिना, हिम्मतवाला, मिष्टर इण्डिया, चालबाज लगायत दर्जनौ हिट चलचित्रमा अभिनय गरेकी छिन् ।

हिम्मतवालाको ‘नैनो में सपना’, मिस्टर इन्डियाको ‘हावा हवाइं’, नागिनाको ‘मै तेरी दुश्मन’, चाँदनीको ‘मेरे हाथो मैं नौ नौ चुडीयाँ’, आदि फिल्मी नृत्यमा श्रीदेवी निकै चर्चित छिन् ।

श्रीदेवीलार्इ भारतकी पहिलाे ‘महिला सुपरस्टार’ का रुपमा लिइन्छ । उनी चाएल्ड आर्टिस्टको रुपमा सन् १९७५ को ‘जुले’ फिल्मबाट बलिउडमा प्रवेश गरेकी थिइन् । उनले १३ वर्षको उमेरमा मुन्द्रु मोदीक्षुमा एडल्टको भूमिकामा पहिलो पटक अभिनय गरेकी थिइन् ।

फ्रेब्ररी २५ शनिवार राती ११स्०० देखी ११स्३० बिचको समयमा युएईमा हृदयघातबाट उनको निधन भएको जनाइएको छ । श्रीदेवी विवाह समारोहमा भाग लिन पति बोनी कपुर र कान्छी छोरीका साथ युएई गएकी थिइन् । श्रीदेवीको निधनको खबरले भारतीय फिल्मका नायक नायिका पनि स्तब्ध भएका छन् ।

भारतीय चलचित्रकर्मीहरुले श्रीदेवीको निधनप्रति शोक व्यक्त गरेका छन् । भारतमा उनकाे निधनले सबैलार्इ स्तब्ध बनाएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर