खबर पूर्वाञ्चल
अर्जुनधारा क्रिकेट क्लबलाई ३९ रनले हराउँदै पथरी च्याम्पियन बनेको हो । जीतसँगै पथरीले ३५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ भने अर्जुनधाराले उपविजेता बन्दै २५ हजार रुपैयाँमा चित्त बुझायो ।
आज सम्पन्न फाइनल खेलमा टस जितेर ब्याटिङ रोजेको पथरीले ७ विकेटको क्षतिमा १ सय ८६ रन जोडेको थियो । १ सय ८७ रनको लक्ष्यसहित मैदान उत्रिएको अर्जुनधाराका खेलाडी १९ ओभर ३ बलमा १ सय ४८ रन बनाएर अलआउट भयो ।
पथरीका राजु राईले २८ बलमा सर्वाधिक ५१ रन बनाए । त्यस्तै, फडिन्द्र दाहालले ४० रन र विनोद श्रेष्ठले २२ रन बनाएका थिए । अर्जुनधाराका अनिल मादेनले तीन विकेट लिदा जितेन्द्र सेख २ विकेट लिन सफल बने ।
अर्जुनधाराका कमल कार्कीले २२ बल खेलेर टिमका लागि सर्वाधक ४० रनको योगदान दिए । चन्द्र भट्टराईले २१ रन र जीवन विष्टले १९ रन जोडे । पथरीका राकेश दाहालले ४ विकेट लिँदा विनोद श्रेष्ठले २ विकेट लिए । फाइनल खेलको म्यान अफ दी फाइनल राकेश दाहाल बने ।
प्रतियोगिताको म्यान अफ दी सिरिज विनोद श्रेष्ठले हात पारेको आयोजक शिव स्पोर्टिङ क्लबका अध्यक्ष मनोज खुलाल कार्कीले बताए । बेस्ट ब्याट्स म्यान सुरज न्यौपाने घोषित भए । फेयरप्ले अवार्ड अर्जुनधारा क्रिकेट क्लबको नाममा रह्यो