पूर्वाञ्चल खबर
नेपालका चर्चित फेसन डीजाइनर उत्तम बनेपालीको काठमाण्डौंमा संचालित फेसन इनस्ट्टीच्युट सेन्ट्रल फेसन हबको ब्राञ्च उर्लाबारीमा खुल्न लागेको हो । फेसन डीजाइनर उत्तम बनेपाली, नेपाल फेसन महासंघका अध्यक्ष नवीन लुइँटेल, नायक अमृत ढुंगाना, मोडल तृष्णा रेग्मीलगायतले उर्लाबारीका कलेज तथा विद्यालयहरुमा गएर फेसन डिजाइन कोर्स र वर्तमान समयमा यसको महत्त्वका बारेमा विद्यार्थीहरुलाई अवगत गराएका थिए ।
आगामी चैत १६ गते फेसन ट्रेडस २०१८ को भब्य आयोजना गर्दै इनस्ट्टीच्युटको औपचारिक उद्घाटन गर्न लागिएको उर्लाबारी ब्राञ्च प्रमुख जीवन चिमरीयाले जानकारी दिए । चिमरीयाका अनुसार ट्रेडिसनल गाउन ,लेहेंगा ,क्याजुअल डिजाईन, फोर्मल शुटलगायतका डिजाईनमा नायिकाहरु रेखा थापा,निता ढुंगाना, बर्षा राउत, बर्षा सिवाकोटी, रिमा विश्वकर्मा, मिस नेपाल सदिक्षा श्रेष्ठ, मोडलर नायक अमृत ढुंगाना, प्रज्वल सुजल गिरी, नेपाल अर्थ रोसनी खत्री, सम्पदा बानियाँ, नम्रता योगीलगायतका दर्जनौंले उर्लाबारीको सिघिंम होटलमा आयोजना हुने भब्य शोमा र्याम्प नाप्ने छन्न् । यस्तै नेपाल आइडलका विल्सन श्रेष्ठको प्रस्तुति पनि कार्यक्रममा रहनेछ ।
अहिलेको पुस्तामा बढ्दो मोड्लिङ प्रतिको क्रेज र यसका लागि आवस्यक पर्ने फेसनेबल कपडाहरुको उत्पादन गर्न यस सम्बन्धि पठनपाठन मोफसलमा पनि आवश्यक ठानेर ब्राञ्च बिस्तार गरेको सेन्ट्रल फेसन हबका अध्यक्ष उत्तम बनेपालीले बताए । बनेपालीका अनुसार यहाँका यूवा– यूवतीलाई ब्युटी पेजेन्टमा सहभागिताका लागि आकर्षित ड्रेस डिजाइन गरिनुका साथै मोड्लिङमा रुची राख्नेहरुका लागी सहयोगी भूमीका पनि सेन्ट्रल फेसन हबले निर्वाह गर्नेछ । ‘यिनै गतिविधिले उर्लाबारीलाई फेसनको शहर बनाउन महोत्वपूर्ण भूमीका खेल्ने पनि बनेपालीले बताए ।’