RUMPUM
animated ellipse animated ellipse

निर्देशक रायमाझीसहित अन्य कलाकार सम्मानित

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

७ फाल्गुन २०७४, सोमबार १३:५३
18
Shares
विराटनगर, ७ फागुन /भाषा भाषिको कलात्मक तरिकाले निर्देशन गर्ने केशव रायमाझीसहित एक दजर्न कलाकारहरु सम्मानित भएका छन् ।

नेपाल चलचित्र निर्देशक समाज तथा ह्वाईट हाउस कलेज धरानको संयुक्त आयोजनामा निर्देशक तथा कलाकारहरुलाई सम्मान गरेको हो ।

कार्यक्रममा प्रदेश १ का बरिष्ठ कलाकार विश्व बस्नेत, पहिलो महिला चलचित्र निर्देशकहरु सुचित्रा श्रेष्ठ, दिपा बस्नेत, लक्षु गौतमलगायतलाई सम्मान गरिएको थियो । त्यसैगरी स्थानिय भाषाभाषिको चलचित्रमा अभिनय गर्ने कलाकारहरुलाई समेत सम्मान गरियो । कलाकारिताको माध्यमबाट नेपाली चलचित्रमा उल्लेखिय योगदान पु¥याएको भन्दै उनीहरुलाई सम्मान गरिएको थियो ।

सम्मानित हुनेहरुलाई कार्यक्रमको प्रमुख अतिथि नेपाल सरकार चलचित्र बिकास बोर्ड तथा नेपाल चलचित्र निर्माता संघका पूर्व अध्यक्ष राजकुमार राईले कदर पत्र र दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

‘चलचित्र क्षेत्रमा विशिष्ट योगदान पु¥याउने कलाकारहरुलाई सम्मान गरिएको हो,’ नेपाल चलचित्र निर्देशक समाज तथा ह्वाईट हाउस कलेज धरानको अध्यक्ष अरुण प्रधानले भने, ‘यसरी योगदान पु¥याउने कलाकाहरुलाई आगामी दिनमा पनि सम्मान गर्नेछौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर