खबर पूर्वाञ्चल
भारतमा मतदाता हुनका लागि १८ बर्ष उमेर पुगेको भारतीय नागरिक हुन अनिवार्य छ । प्राप्त कागजात अनुसार भारत विहार राज्यको दरभंगा जिल्लास्थित दरभंगा नगरपालिका अन्तरगत दासको नाम छ । उनको नाम अहिलेपनि भारतीय निर्वाचन आयोगको आधिकारिक वेवसाइट डब्लुडब्लुडब्लु डट इसीआई डट एनआईसी डट आईएनमा भेटिन्छ ।
प्रतिनिधिसभामा सिराहबाट दासले आफ्ना निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरम नेपालका शत्रुधन सिंह कोइरीलाई दुई हजार ८८८ मतले पराजित गर्दै निर्वाचित भएका थिए ।
दासले २० हजार १४८ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी फोरमका कोइरीले १७ हजार २६० मत प्राप्त गरे । यो समचर नागरिक दैनिकमा छ ।