खबर पूर्वाञ्चल
मंगलबारदेखि शुरु भएको स्पोर्टस मिटमा टेबल टेनीस , ब्याटमिन्टन, चम्चा रेस स्याक रेस, भलीबल, प्याल्सीन रिले, धागो सिलाई रेस, फुटबल, जुस रेस र जुत्ताको लेस छिराउँने रेसलगातलको खेलहरु समावेश रहेको स्कूलका प्रिन्सिपल अमिस रेग्मीले जानकारी गराए । सोहि अवसर पारेर सप्mट टेनीस राष्ट्रियदेवय यूकेश योञ्जन र अविशेक कार्कीलाई स्कूलले सम्मान समेत गरेको छ । उनाीहरुलाई पूर्वाञ्चल क्षेत्रीय खेलकुद विकाश समितीका अध्यक्ष रविन नगरकोटी सम्मान गरेका थिए ।
विजेता खेलाडिहरुलाई पूर्वाञ्चल क्षेत्रीय खेलकुद विकाश समितीका अध्यक्ष नगरकोटी, मोरङ खेलकुद विकाश समितीका कोषाध्यक्ष सुयस गौतम, सप्mट टेनीस मोरङका अध्यक्ष श्याम लामा, सप्mट टेनीस राष्ट्रिय प्रशिक्षक राजेश बोहरा र स्कूलका प्रिन्सिपल अमिस रेग्मीललगायतले पुरस्कार तथा प्रमाणपत्र वितरण गरे ।