AArya
RUMPUM
animated ellipse animated ellipse

डिभिजन–२ को उपाधि जित्न यूएईले दियो नेपाललाई २ सय ७८ रनको लक्ष्य

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

३ फाल्गुन २०७४, बिहीबार १६:५५
3
Shares
तस्वीर सौजन्य रमन सिवाकोटी
विराटनगर, ३ फागुन / नामिबियामा जारी आईसीसी विश्व क्रिकेट डिभिजन २ अन्तरत आज भएको फाइनल खेलमा यूएईले नेपाललाई २ सय ७८ रनको विशाल चुनौती दिएको छ ।

टस जितेर ब्याटिङ गरेको यूएईले पुरै ५० ओभरमा ४ विकेटको क्षतिमा २ सय ७७ रन बनाएपछि नेपालले यो चुनौती पाएको हो । यूएईकालागि प्रारम्भिक ब्याट्म्यान अश्फाक अहमदले आक्रामक खेल्दै १ सय १४ रन बनाउँदा कप्तान रोहन मुस्तफाले ५१ रन ठोस इनिङ खेलेका थिए । अहमदले १ सय २३ बलमा ३ छक्का र १० चौका प्रहार गरे । अहमद र कप्तान मुस्तफाले पहिलो विकेटकालागि २४ दशमलव १ बलमा १ सय ९ रनको टोस शूरुवात गरेका थिए । त्यस्तै साइमन अनवरले ४० रनले र रमीज शाहजादले ४६ बलमा १ छक्का र १ चौका प्रहार गरिनटआउट ४१ रनको योगदान दिए ।

बलिङतर्फ नेपालका बसन्त रेग्मी, सन्दीप लामिछाने र सोमपाल कामी समान १–१ विकेट लिए । एक विकेट रन आउट भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर