RUMPUM
animated ellipse animated ellipse

निर्वाचन आयोगले बुझायो निर्वाचन परिणाम

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३ फाल्गुन २०७४, बिहीबार ०६:२७
3
Shares
काठमाडौं,३ फागुन/निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचन सकिएको ६९ दिनपछि बुधबार राष्ट्रपतिसमक्ष निर्वाचन परिणाम बुझाएको छ । आयोगले प्रतिवेदन बुझाइसँगै नयाँ सरकार गठनको बाटो खुलेको छ ।

निर्वाचनको एक साताभित्रै मतगणना सकिए पनि राष्ट्रियसभा निर्वाचन सम्पन्न नभई प्रतिनिधिसभा समानुपातिकको परिणाम दिन संवैधानिक र कानुनी जटिलताका कारण आयोगले लामो समयदेखि ‘होल्ड’ मा राखेको थियो ।

२ सय ७५ सदस्यीय प्रतिनिधिसभामा १ सय ६५ जना प्रत्यक्ष र १ सय १० जना समानुपातिक प्रणालीबाट चुनिएका छन् । सरकार गठनका लागि प्रतिनिधिसभामा १ सय ३८ सिट आवश्यक छ । ।

गठबन्धन बनाएर चुनाव लडेका एमालेको १२१ र माओवादी केन्द्रको ५३ गरी १७४ सिट छ । वाम गठबन्धनबाटै चुनाव लडेको राष्ट्रिय जनमोर्चाको १ सिट छ भने राप्रपाले गठबन्धनकै समर्थनमा एक सिट जितेको छ ।

कांग्रेस ६३, राष्ट्रिय जनता पार्टी १७, संघीय समाजवादी फोरम १६, नयाँ शक्ति १, नेमकिपा १ र स्वतन्त्रबाट १ जनाको उपस्थिति छ । एमाले, कांग्रेस, माओवादी, राजपा र फोरमले मात्रै संसद्मा राष्ट्रिय दलको मान्यता पाएका छन् । यो समाचर कान्तिपुरमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर