AArya
RUMPUM
animated ellipse animated ellipse

करण केसीको चमत्कारी ब्याटिङले नेपाल विजयी हुदै विश्वकप छनोट खेल्ने पक्का

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२ फाल्गुन २०७४, बुधबार २१:५७
3
Shares
फाइल तस्वीर
विराटनगर, २ फागुन /करण केसीको चमत्कारी ब्याटिङले नामिबियामा जारी आईसीसी विश्व क्रिकेट डिभिजन २ कोे अन्तिम खेलमा क्यानडामाथि एक विकेटको सनसनीपूर्ण जित निकाल्दै नेपालले सन् २०१८ को विश्वकप छनोटमा स्थान सुरक्षीत गरेको छ ।

नेपाल समूह विजेता बन्दै फाइनलमा प्रवेश गरेको छ । क्यानडाले दिएको १ सय ९५ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले अन्तिम बलमा जित पक्का गरेको हो । यो जितसँगै नेपाल विश्व क्रिकेट लिग डिभिजन–१ मा प्रवेश गरेको छ । एक समय नेपाल ४२ दशमलव १ बलमा १ सय ४४ रन जोड्दा ९ विकेट गुमाइसकेको थियो ।

क्रिजमा थिए करणले सन्दिप लामिछाने दुवै जनाले आक्रामक पारी खेल्दै नेपाललाई जित दिलाए । अन्तिम ओभरमा नेपाललाई ६ बलमा ८ रन चाहिएको थियो र क्रिजमा करण थिए ।

लगातार चार बल उनले रन जोड्न सकेनन् । तर, पाँचौं बल छक्का हान्दै जितको आश जगाए । अर्को बल बाइड भएसँगै नेपालको खातामा एक रन थपियो र दुबै टिमको स्कोर बराबर भयो । अन्तिम बलमा करणले सहजै एक रन लिए पछि विजयी हुदै नेपालाई विश्वकप छनोटमा र्पुयाए ।

करणले ३१ बलमा चार छक्का र ३ चौका प्रहार गर्दै अविजित ४२ रन बनाए भने सन्दिपले १८ बलमा अविजित ५ रन जोडे । त्यसै गरि दीलिप नाथ ४१ रन, राहित पौडेलले २७ रन, आरिफ शेखले २६ रन, दिपेन्द्रसिह ऐरी १८ रनको योगदान दिएका थिए । क्यानाडाका सेसिल पेर्वेजले ३ विकेट , एन दत्ता र साद विन जाफरले २–२ विकेट लिए ।

यस अघि हारेर ब्याटिङ गरेको क्यानाडाले पुरै ५० ओभरमा ८ विकेटको क्षतिमा १ सय ९४ रन बनाएपछि नेपालले यो चुनौती पाएको हो । क्यानाडाकालागि प्रारम्भिक ब्याट्म्यान श्रीमान्थ विजरत्नेले अविजित १ सय ३ रन बनाउँदा हम्जा तारिकले २४ रनको योगदान दिए । त्यस्तै धिन्दसाले अविजित १८ रनको योगदान दिए ।

बलिङतर्फ नेपालका बसन्त रेग्मीले ३ विकेट लिए । १० ओभर बलिङ गरेका रेग्मीले ३४ रन दिएका छन् । सन्दीप लामिछानेले २ किेट तथा करन केसीले र सरद भेषवकरले समान १–१ विकेट लिए ।

शीर्ष स्थानमा रहेको क्यानडा, दोस्रो स्थानको नामिबिया र तेस्रो स्थानको नेपालको समान ६–६ अंक छ। नेट रनरेटमा भने नेपाल दुई टिमभन्दा पछि छ। तीन वटै टिमले समान ३–३ खेलमा जित हात पार्दा १–१ खेलमा हार बेहोरेका थिए। २ खेलमा जित र २ खेलमा पराजित युएईको ४ अंक छ।

नेपाल शीर्ष २ मा पर्न क्यानडालाई पराजित गर्नुपर्छ। हार बेहोरेको खन्डमा नेपालको शीर्ष २ मा पर्ने सम्भावना सकिनेछ। नेपालले हार बेहेरेको अवस्थामा नामिबियाले जिते नेपाललाई अंकमा पछि पार्नेछ। युएई विजयी भए रनरेटमा नेपाललाई पछि पर्ने थियो । यसर्थ नेपालका लागि क्यानडाविरुद्धको खेल ‘गर या मर’ सरह थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर