AArya
RUMPUM
animated ellipse animated ellipse

केन्यामाथि नेपालको कठिन जित

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२९ माघ २०७४, सोमबार २१:०२
3
Shares
तस्वीर- सौजन्य रमन सिवाकोटी
विराटनगर, २९ माघ / रोहितकुमार पौडेल र आरिफ शेखको उत्कृष्ट साझेदारीसँगै नेपाले नामिबियामा जारी आईसीसी विश्व क्रिकेट डिभिजन २ डिभिजन केन्यामाथि ३ विकेटको महत्वपूर्ण जित हात पारेको छ । यो जितसँगै नेपालले विश्वकप छनोट खेल्ने सम्भावना जिवितै राखेको छ ।

म्यान अफ द म्याच लामिछाने ट्रफिकासाथ

जवापलमा १ सय ७८ रनको मध्यम चुनौती पाएको नेपालले पुरै ५० ओभर खेल्दै ७ विकेटको नौकसानी सो विजयी लक्ष्य पार गरेको थियो । नपालकालमगि यूवा ब्याट्सम्यान रोहित पौडेलले ४७ रन बनाउँदा आरिफ शेखले ४२ रन जोडेका थिए । एक समयमा २३ दशमलव ३ बलमा ८२ मा ५ विकेट गुमाए र दयनिय स्थीतमा रहेको समयमा आरिफ र पौडेले इनिङ बुनेका थिए । यी दुइले २४ दशमलव ५ बलमा छैटौ विकेटकोलागि ८७ रुनको साझेदारी गरी टिमलाई उकासेका थिए । त्यस्तै कप्तान पारस खडकाले ४४ बलमा ४२ रनको ठोस इनिङ खेल्दा सरद भेषवाकरले १९ रन जोड्न भ्याए । केल्याका इ. रिङ्गेचाले सर्वाधिक ३ विकेट लिए

यस अघि टस हारेर ब्याटिङ गरेको केन्याले पुरै ५० ओभरमा ८ विकेटको क्षतिमा १ सय ७७ रन बनाएपछि नेपालले यो चुनौती पाएको हो । केक्याकालमगि इरफान करिमले ४२ रन बनाउँदा एलेक्स ओबान्डाले ४१ रनको योगदान दिए । यी पहिलो विकेटका रुपमा १७ ओभरमा ६५ रनको ठोस शूरवात गरेका थिए । त्यस्तै धिरेन गोन्डारियाले २७ रन , नेल्सन ओडियाम्बोले नटआउट २४ रन र एनगोचेले नटआउट २३ रनको योगदान दिए ।

बलिङतर्फ नेपालका सन्दीप लामिछानेले ५ विकेट लिए । १० ओभर बलिङ गरेका सन्दीपले ५ मेडन राख्दे २० रन खर्चेर ५ विकेट लिएका हुन् । करन केसीले ३ विकेट तथा सोमपाल कामी, बसन्त रेग्मी र सरद भेषवकरले समान १/१ विकेट लिए । खेलको म्यान अफ द क्याच लामिछाने घोषित भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर