RUMPUM
animated ellipse animated ellipse

अपहरणकारी प्रहरीको फन्दामा

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२९ माघ २०७४, सोमबार १९:५१
3
Shares
विराटनगर, २९ माघ/ पाँच जना भारतीय नागरिकलाई अपहरण गरी फिरौती लिएको अभियोगमा पाँच जना पक्राउ परेका छन् ।

मोरङ प्रहरीले भारतीय नागरिकलाई अपहरण गरी बन्धक बनाएको आरोपमा पाँच जना नेपालीलाई पक्राउ गरी मुद्धा चलाएको हो ।

प्रहरीले सुनसरी ईनरूवा नगरपालीका ३ का ५७ बर्षिय नारायण शाह, सोही स्थानका २५ बर्षिय मधुकर शाह, मोरङ सुन्दरहरैचा नगरपालिका वडा नं. १ बस्ने ३८ बर्षिय टिकाराम चौधरी सोही ठाँउका ३७ बर्षिय कान्छा भन्ने ठाकुर गुरूङ र सुन्दरहरैचा १२ का २४ बर्षिय नवराज गौतमलाई पक्राउ गरेको हो ।

गत माघ २४ गते भारत खगडिया जिल्ला बेन्दोर पञ्चायत बेन्दोर थाना बस्ने ३६ बर्षिय राजकिशोर साह, ४२ बर्षिय अजयकुमार साह, अखिलेश साह, दिनबन्दु तिवारी, ६२ बालेश्वर रजक र रञ्जितकुमार अपहरणमा परेका थिए ।

भारत घर भएका दिनबन्धु तिवारी सहित अन्य पाँच जनालाई भारत फारबेञ्जगञ्ज घर बताउने बालेश्वर साह, सुरेश कुमार, पुर्णीया घर बताउँने सन्तोष कुमार, सुसन यादवले भारतबाट नेपाल सम्म ल्याएका थिए ।

नेपालमा रहेको आफ्नो घरमा पुजा छ र नेपाल समेत घुमौ भन्दै बालेश्वर साहले पण्डित दिनबन्धु तिवारी सहितका ५ जनालाई जोगवनी हँुदै सुन्दरहरैचा नगरपालीका वडा नं. १० मा रहेको मोनालीसा होटलसम्म पू¥याएका थिए । होटलमा पू¥याएपछि बालेश्वरको टोलीले सोही होटलमा बसेका पाँच जना नेपालीको टोलीलाई जिम्मा लगाएका थिए ।

होटलमै बन्दक बनाइएका उनीहरुले भारतीय नागरिकसँग ६ लाख भारतीय रूपैया फिरौती माग गरेका थिए । अपहरण परेका मध्ये बालेश्चर रजक र रञ्जित कुमार एक लाख फिरौती तिरेर छुटेका थिए । दुई जनालाई एक लाख रुपैयामा छाडेका अपहरणकारीले अन्य तीन जनासँग पाँच लाख धरौटी माग गरेका थिए ।

बन्धक बनाइएका मध्ये राजकिशोर साह माघ २५ गते होटलबाट भागेर घर पुगेका थिए । घरबाट साथी सहित मोरङ प्रहरी आएर उजुरी गरेपछि प्रहरीले अपहरणकारीलाई शनिवार पक्राउ गरेको हो । प्रहरीले फिरौति लिएको रकम मध्ये पचास हजार भारतीय रुपैया पनि बरामद गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर