पूर्वाञ्चल खबर
एभरेष्ट माविले गत आर्थिक वर्ष २०७३ सालमा प्रदेश १ को उत्कृष्ट विद्यालयको उपाधि पाएको हो । ३८औ“ राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा काठमाण्डौंमा आइतवार भएको भब्य कार्यक्रममा आयोजित एक कार्यक्रमकाबीच उक्त विद्यालयलाई पुरस्कृत गरिएको हो ।
नगद १ लाख रुपैयाँ प्रदेश शिल्ड, ध्वजापताका, प्रमाणपत्र विद्यालयले प्राप्त गरेको छ । उक्त पुरस्कार उपप्रधान तथा शिक्षा मन्त्री गोपालमान श्रेष्ठले विद्यालयका प्रधानाध्यापक टिकाराम पुरीलाई हस्तान्तरण गरेका छन् ।