AArya
RUMPUM
animated ellipse animated ellipse

प्रथम विद्यालय स्तरीय भलिबलको लिग च्याम्पिनसीप हुने

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२९ माघ २०७४, सोमबार १२:२४
3
Shares
पुष्पराज थपलिया
विराटनगर, २९ माघ / प्रथम विद्यालय भलिबलको लिग च्याम्पिनसीप प्रतियोगिता विराटनगरमा हुने भएको छ ।

मोरङ विद्यालय भलिबल कमिशन र मोरङ भलिबल संघको संयुक्त आयोजनामा पुरुष भलिबल प्रतियोगिता हुन लागेको हो । आयोजकले आज विराटनगरमा पत्रकार सम्मेलन गरी प्रतियोगिता हुने जानकारी गराएको हो ।

‘विद्यालयस्तरदेखिनै भलिबल खेलको विकास गर्न प्रतियोगिता गर्न लागेका हौं,’ विद्यालय भलिबल कमिशन संघको अध्यक्ष प्रेमलालसिंह सुवालले भने, ‘भलिबलप्रतिको क्रेजलाई अझ विस्तार गर्न यस प्रतियोगिताको सुरुवात गरेका हौं ।’

फागुन १ गते देखि हुने प्रतियोगितामा विराटनगरका १५ विद्यालयको सहभागिता रहने खेल संयोजक इन्द्र राईले जानकारी दिए । पत्रकार सम्मेलनमा उनले भने, ‘यो खुल्ला प्रतियोगिता हो । निजी तथा सामुदायिक जुनसुकै विद्यालयहरुले भाग लिन पाउँछन् ।’ कक्षा १० सम्मका अध्ययरत विद्यार्थीहरुले भाग लिन पाउँनेछन् । लिगकम नकआउटको आधारणमा खेलाइने प्रतियोगिता सम्पन्न गर्न करिब १ लाख ८१ हजार रुपैयाँ खर्च हुने आयोजकले अनुमान गरेको छ । प्रतियोगिताको बिजेताले आकार्षण ट्रफि तथा मेडल प्राप्त गर्नेछन् ।

प्रतियोगिताकोे फाइलन ७ गते हुनेछ । मंगलबार उदघाटनमा पहिलो खेल मोर्डन एरा र गौतमबुद्ध स्कूल , दोस्रो खेल ब्राइट एन्जेल र सगरमाथा तेस्रो खेलमा विकेभिएम र डिएभी तथा चौथो खेल ग्रेडेड स्कूल र कान्तिपुर स्कूलविच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर