AArya
RUMPUM
animated ellipse animated ellipse

पारस खडकाको अलराउण्डर पर्दशनले नेपाल विजयी, युएई चार विकेटले पराजित

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२८ माघ २०७४, आईतवार २१:२४
3
Shares
विराटनगर, २८ माघ / नामिवियामा जारी आईसीसी विश्व क्रिकेट लिग डिभिजन–२ मा नेपाल विजयी भएको छ ।

अधि आज भएको खेलमा नेपालले संयुक्त अरब इमिरेटस (युएई) लाई चार विकेटले पराजित गरि ३ खेलमा २ मा विजयी भई दोस्रो स्थानमा उक्लेको छ । बर्षाका कारण तीन घण्टा ढिला सुरु भएको खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेको थियो ।

जवाफमा १ सय १५ रनको लक्ष्य पछ्याएको नेपालले २८ दशमलव ५ बलमा ६ विकेट गुमाई सो विजयी लक्ष्य पार गरेको थियो । नेपालकालागि कप्तान पारस खडकाले ५१ रनको योगदान दिएका थिए । पारसले ४८ बलमा २ चौका र ५ छक्का प्रहार गरेका थिए । त्यस्तै आरिफ शेखले १६ रन बनाउँदा राहित पौडेलले नट आउट १२ रन जोडेका थिए भने सोमपाल कामीले पनि १० रनको नट आउट पारी खेले । यूएइका मोहमद नवी र आमीर हायतले २–२ विकेट लिएका छन् ।

यस अघि युएई ३१ ओभरमा सवै विकेट गुमाउँदै १ सय १४ रनको झिनो स्कोर खडा गरेको थियो । मैदान ओसिलो भएपछि खेल ३४ ओभरमा छोट्याइएको थियो ।युएइका लागि साइमन अर्वारले सर्वाधिक ३० रन बनाउँदा अदनन मुफर्तीले १८ रन बनाएका छन् भने गुलाम सहबरले १६ रन जोडे। त्यस्तै, मोहम्मद बुटाले १५ रन जोडेका थिए । मोहम्मद नाविद १० रनमा आउट हुँदा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

नेपालका सोमपाल कामीले ४ विकेट लिदाँ सन्दीप लामिछानेले ३ तथा कप्तान पारस खड्काले २ तथा करण केसीले १ विकेट लिएका छन । कामीले ७ ओभरमा ३० रन दिँदा सन्दीपले ७ ओभरमा १ मेडन गर्दै ३० रन दिएका थिए ।

प्रतियोगिताको पहिलो खेलमा आयोजक नामिबियालाई १ विकेटले हराएको नेपाल दोस्रो खेलमा ओमनसँग ६ विकेटले पराजित भएको थियो । प्रतियोगिताको सोमबार नेपालले केन्यासँग प्रतिस्पर्धा गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर