RUMPUM
animated ellipse animated ellipse

जीवनयानसँगै रोजगारमुखी शिक्षा दिनुर्पछ – सांसद रेग्मी

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२७ माघ २०७४, शनिबार १४:५९
3
Shares
विराटनगर, २७ माघ/ विराटनगरको बरगाछीमा रहेको चन्द्रसूर्य व्यवस्थापन कलेजले नयाँ भर्ना भएका विद्यार्थीहरुलाई स्वागत गरेको छ ।

व्यवस्थापन संकायको प्रथम वर्षमा भर्ना भएका विद्यार्थीहरुलाई कलेजले शनिबार एक कार्यक्रमको आयोजना गरी नयाँ आगन्तुक विद्यार्थीहरुलाई स्वागत गरेका हुन् ।
स्वागत कार्यक्रको उद्घाटन शत्रमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि सांसद तथा एमाले नेतृ सावित्रा रेग्मीले कलेजले व्यवहारीकसँगै जीवनयान गर्ने शिक्षा दिनुपर्नेमा जोड दिइन् । उनले मुलक संघिय संरचना अनुरुप कार्यन्वयनको चरणमा गइसेकेको हुनाले रोजगारमुखी, व्यवहारीक शिक्षा प्रदान गर्ने निती निमार्ण गर्नुपर्ने बताइन् । ‘विद्यार्थीहरुले ग्रहण गर्नुपर्ने भनेकै सृजनशिल संस्कार हो,’ उनले भनिन्, ‘कलेज गुणस्तरीय शिक्षा सँगै रोजगार मुलक शिक्षा आजको आवश्यकता हो ।’

कार्यक्रममा बोल्दै कलेजका व्यवस्थापन समितिको अध्यक्ष पारुल क्षेत्रीले कलेजले छोटो समयमा राम्रो उपलब्धी हासिल गरेको हुनाले आगमी दिनमा यसरी नै अगाडी बढनुपर्ने बताए । त्यस्तै कलेज प्रमुख इश्वर रिजालले गुणस्तरीय शिक्षा प्रदान गर्न सधै भरी लागी पर्ने प्रतिबद्धता व्यक्त गरे । उनका अनुसार व्यवस्थापन संकायको प्रथम वर्षमा ९४ जना विद्यार्थीले भर्ना गरेको जानकारी दिए । हाल कलेजमा २ सय ७० जना विद्यार्थीहरु अध्ययरत रहेको कलेजले जनाएको छ ।

सोही अवसरमा स्कूलको विभिन्न तहको परीक्षामा उत्कृष्ट हुने र कलेजले आयोजना गरेको खेलकुद प्रतियोगितामा प्रथम, द्धितिय र तृतीय हुने विद्यार्थीहरुलाई पुरस्कार समेत वितरण गरेको थियो ।

व्यवस्थापन संकायका दोस्रो वर्षमा अध्ययरत विद्यार्थीहरुले नयाँ भर्ना भएका प्रथम वर्षका विद्यार्थीलाई विभिन्न मनोरञ्जनत्मक साँस्कृतिक नृत्य, कविता, गीत प्रस्तुत गरी मनोरञ्जन दिलाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर