AArya
RUMPUM
animated ellipse animated ellipse

विनायकमा स्पोर्टस मिट सम्पन्न

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२७ माघ २०७४, शनिबार १४:३२
3
Shares
विराटनगर, २७ माघ / विराटनगर १२ मा रहेको विनायक बोर्डिङ सेकण्डरी स्कूलमा विनायक स्पोर्टस मिट सम्पन्न भएको छ ।

शुक्रबारदेखि भएको स्पोर्टस मिटमा एक दर्जन बढी विभिन्न खेलहरु समावेश रहेको स्कूलका प्रशासक कमल प्रसाद ढुङ्गानाले जानकारी गराए । स्पार्टस मिटको अन्तिम दिन टेबल टेनिस, भलिबल र फटसलका फाइनल खेलहरु सम्पन्न भएको छ । टेबलटेनिस तर्फ रिषभ थापा प्रथम भए भने द्वितीय र तृतिय क्रमशः अच्युतकुमार ठाकुर र रितीक साह भए । त्यसरीनै फटसलमा ग्रीन हाउसले प्रथम स्थान प्राप्त गर्यो भने ब्लु हाउस दोस्रो भयो । भलिबलमा ब्लु हाउस प्रथम र पिंक हाउस दोस्रो भयो । स्पोर्टस मिटमा १ सय मिटर दौड, ज्याभ्लिङ थ्रो, म्यूजिकल चियर, सटपुट, लङजम्प, रिले रेस, कबडी, भलिबल, टेवलटेनिस क्रिकेटलगायतको खेलहरु समावेश गरिएको स्कूलका प्रिन्सिपल मिथलेश ठाकुरले बताए ।

विजयी भएका विद्यार्थीहरुलाई स्कूलले पछी मेडल तथा प्रमाणपत्र वितरण गर्ने कुरा स्कूलका प्रिन्सिपल ठाकुरले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर