पूर्वाञ्चल खबर
नारी विकास संघ, एक्सनएड नेपाल र जिल्ला समन्वय समिति मोरङको संयुक्त आयोजनामा प्रदेश नम्बर १,२ र ३ का गाँउपालीका र नगरपालीका उपप्रमुख र प्रतिनिधीहरुको सहभागितमा सम्मेलन हुन लागेको जनाएको छ ।
नारी विकास संघ, एक्सनएड नेपाल र जिल्ला समन्वय समिति मोरङले बिहीबार नारी विकास संघ कार्यलय विराटनगरमा पत्रकार सम्मेलन गरी ३ वटा प्रदेशका नागरिक समाज, विकार अभियानकर्मी, बौद्धिक वर्ग, राजनितिज्ञ, विषय विज्ञ,नेपाल सरकारका विभिन्न निकायका प्रतिनिधी र पत्रकार गरी १५० जनाको सहभागितामा सम्मेलन हुने जनाएको छ ।
कार्यक्रमले लैङ्गिक उत्तरदायी सार्वजनिक सेवा विषयमा साझा बुझाई निर्माण गरी स्थानिय स्तरमा लैङ्गिक उत्तरदायी सार्वजनिक सेवाहरुमा विभिन्न वर्ग, लिङ्ग, उमेर, अपाङ्गगता र यौनिकताका आधारमा नीती तथा सेवा निर्माणका लागी योगदान पुयाउने उद्धेस्यले सम्मेलन गर्न लागिएको नारी विकास संघकी अध्यक्ष सीता शर्माले जानकारी दिईन् ।
स्थानिय सरकारले तय गर्ने निती तथा कार्यक्रमहरुलाई कसरी महिला तथा अवसरबाट वञ्चित समुहको आखाबाट सुरक्षित र गुणस्तरीय गराउन सकिन्छ भन्ने हेतुले पनि यो सम्मेलन गर्न लागिएको अध्यक्ष शर्माले जनाईन् ।
सम्मेलनमा विषय विज्ञ एवम् नेपाल सरकारका विभिन्न निकायका प्रतिनिधीहरुले ४ वटा विषयमा कार्यपत्र सहितको छलफल हुने जनाईएको छ ।