खबर पूर्वाञ्चल
नेपालमा ब्यवस्थापन विषयमा स्नातक तहको बी.बी.ए.(ब्याचलर इन बिजनेस स्ट्डीज) को अध्यापन गराउने पूर्वाञ्चल विश्वबिद्यालयको आङिक क्याम्पस ब्यवस्थापन क्याम्पस विराटनगरले पीएचडी कार्यक्रम सञ्चालनमा ल्याउने भएको हो ।
देशको आवश्यकता परिपूर्ति गर्नका लागी अनुसन्धानमुखी जनशक्ति उत्पादन गर्ने उद्देश्यले कार्यक्रम संचालन गर्न लागिएको विश्वविद्यालयका उपकुलपति प्रा.डा.घनश्यामलाल दासले जानकारी दिए ।
कार्यक्रमहरुको संचालन गर्नका लागी निर्देशक पदमा डा . बिजुकुमार थपलियालाई नियुक्त गरिएको छ भने सो कार्यक्रम संचालनका लागी पूर्वाञ्चल युनिभर्सिटी स्कुल अफ म्यानेज्मेन्ट ( एग्क्इ) लाई आधार बनाइने कुरा व्यवस्थापन क्याम्पसका प्रमुख डा .उत्तमकुमार रेग्मीले जानकारी दिए ।
पूर्व राजदूत तथा शिक्षासेवी गोपालप्रसाद शर्माले पूर्वान्चल विश्वविद्यालयको स्थापनाको समयमा सक्रिय हुने ब्यक्तिहरुलाई स्मरण गर्दै संस्थाले विश्वमा आएको नौलो प्रयोग र प्रविधिलाई आत्मसात गर्दै देशको विकास गर्न सक्ने जनशक्ति उत्पादन गर्न सक्ने बताए ।
कार्यक्रममा शुभकामना व्यक्त गर्दै मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा . उपेन्द्र कोइराला , प्रा.डा .प्रेमराज पन्त , डीन प्रा.डा .खगेन्द्र आचार्य,अनुदान आयोगका सदस्य सचिब प्रा.डा.देवराज अधिकारी, विराटनगर महानगर पालिकाकी उपमेयर इन्दिरा कार्की,नेकपा एमाले मोरङ जिल्ला अध्यक्ष बिनोद ढकाल लगायतले विश्वविद्यालयले नविजतम खोजमा लागि पर्ने विश्वास व्यक्त गरेको सहज कर्ता दिनेशराज सुवेदीले जानकारी दिए ।