खबर पूर्वाञ्चल
प्रदेश संसद बैठकको अध्यक्षता ज्येष्ठ सदस्य ओमप्रकाश सरवागीले गरेका थिए । सरवागी काँग्रेसबाट सामानुपातिक संसद बनेका हुन् ।
प्रदेशसभाको सबैभन्दा ठूलो दल नेकपा एमालेका तर्फबाट पार्टीका केन्द्रीय सचिव तथा सांसद भीम आचार्य, नेपाली काग्रेसबाट चन्द्रप्रसाद श्रेष्ठ, नेकपा माओवादी केन्द्रका तर्फबाट इन्द्र आङबोहाङ, संघीय समाजवादी फोरम नेपालको तर्फबाट जयराम यादव, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका विष्णु तुम्वाहाम्फे, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट इन्दीरा राई र स्वतन्त्र प्रतिनिधित्व गरेका प्रदेशसभाका सदस्य नारायणबहादुर मगरले सदनमा आफ्ना भनाई राखेका थिए ।
उनीहरुले संसद बैठकमा बोल्दै सांसदहरुले प्राकृतिक स्रोत साधानले भरिपूर्ण रहेको १ नम्बर प्रदेशलाई सबै एकजुट भएर देशकै समुन्नत र समृद्ध प्रदेश बनाउनु लागि पर्ने प्रतिबद्धता व्यक्त गरे ।
सबैले प्रदेश नम्वर १ को समृद्धिको पक्षमा सबैदलसंग साझेदारी गर्दै अघि बढ्ने बताए । बैठकमा बोल्ने प्रदेशसभा सदस्यहरुले राजधानी र प्रदेशको नामको विषयमा कुनै विवाद गर्न चाहेनन । प्रचुर स्रोत साधनले सम्पन्न भएपनि त्यसको समुचित उपयोगको अभावमा विकासले गति लिन नसकेको भन्दै सबै मिलेर प्रदेश नम्वर १ लाई देशकै समुन्नत र समृद्ध प्रदेश बनाउने अठोट व्यक्त गर्दै सफलताको शुभकाना व्यक्त गरे ।
प्रदेश १ मा ९३ जना सांसद रहेका छन् । प्रदेश सभामा एमालेबाट ५१, कांग्रेस २१, माओवादी केन्द्र १६, संघीय समाजवादी फोरम ३, राप्रपा र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट १–१जना सांसद छन् ।
तस्वीरहरु अनिल श्रेष्ठ