खबर पूर्वाञ्चल
प्रदेश संसद बैठकको अध्यक्षता ज्येष्ठ सदस्य ओमप्रकाश सरवागीले गरेका थिए । सरवागी काँग्रेसबाट सामानुपातिक संसद बनेका हुन् ।

उनीहरुले संसद बैठकमा बोल्दै सांसदहरुले प्राकृतिक स्रोत साधानले भरिपूर्ण रहेको १ नम्बर प्रदेशलाई सबै एकजुट भएर देशकै समुन्नत र समृद्ध प्रदेश बनाउनु लागि पर्ने प्रतिबद्धता व्यक्त गरे ।
सबैले प्रदेश नम्वर १ को समृद्धिको पक्षमा सबैदलसंग साझेदारी गर्दै अघि बढ्ने बताए । बैठकमा बोल्ने प्रदेशसभा सदस्यहरुले राजधानी र प्रदेशको नामको विषयमा कुनै विवाद गर्न चाहेनन । प्रचुर स्रोत साधनले सम्पन्न भएपनि त्यसको समुचित उपयोगको अभावमा विकासले गति लिन नसकेको भन्दै सबै मिलेर प्रदेश नम्वर १ लाई देशकै समुन्नत र समृद्ध प्रदेश बनाउने अठोट व्यक्त गर्दै सफलताको शुभकाना व्यक्त गरे ।
प्रदेश १ मा ९३ जना सांसद रहेका छन् । प्रदेश सभामा एमालेबाट ५१, कांग्रेस २१, माओवादी केन्द्र १६, संघीय समाजवादी फोरम ३, राप्रपा र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट १–१जना सांसद छन् ।


तस्वीरहरु अनिल श्रेष्ठ