खबर पूर्वाञ्चल
प्रदेशसभाको ऐतिहासिक पहिलो वैठक बस्न लागेको अवसर पारेर प्रदेशसभा सदस्यहरुलाई अनेरास्ववियूले बधाई तथा शुभकामना दिएको हो । प्रदेश १ भुगोल र जनसंख्याका आधारमा सन्तुलित रहेको भन्दै अखिलले समृद्ध प्रदेश निर्माण गर्ने अभिभारा पाएका सांसदहरुलाई समृद्धशाली, आत्मनिर्भर र समुन्नत बनाउन आवश्यक कानून, निति निर्माण गरि सफल कार्यान्वयनमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुहुने अपेक्षा सहित स्वागत तथा शुभकामना दिइएको अखिल मोरङ अध्यक्ष गोकर्ण घिमिरेले बताए ।