AArya
RUMPUM
animated ellipse animated ellipse

समाजसेवीगोयलद्धारा गरिब विद्यार्थीलाई भोजन

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२२ माघ २०७४, सोमबार १६:५१
3
Shares
विराटनगर, २२ माघ / समाजसेवी दिनबन्धु गोयलले विराटनगर २ स्थित शंखरपुर प्राविका गरिब तथा विपन्नवर्गका विद्यार्थीलाई आज पिकनिक आयोजना गरी भोजन गराएका छन् ।

गरिब तथा विपन्नवर्गका बाल–बालिकाले रमाइलो गर्दै राम्रो खाना समेत नपाइरहेको अवस्थामा एक दिनभएपनि मिठो खुवाएर उनीहरुलाई भोजन गराईएको हो । विद्यालयकी प्रधानाध्यापिका झरना सापकोटाले विद्यालयमा मजदुरी गर्ने तथा उनीहरुका बच्चामात्र पढने भएकाले एक दिन मिठो खुवाएर उनीहरुलाई रमाइलो गराईएको बताइन् । ‘अरु दिन पनी राम्रो खानपाउदैन्न् धनीका बच्चा रमाइलो गर्दै हिउँदभरी पिकनिक जान्छन् तर गरिबका बच्चा जान पाउँदैनन् खानपनि पाउँदैन्न त्यसेलै एक दिन विद्यालयमै यस्तो कार्यक्रमगरिएको हो ’ सापकोटाले भनीन् । विधालयमा अध्ययनरत करिब ९० जना विद्यार्थीहरु सबै विपन्न परिवारका छन् ।

समाज सेवी गोयलले गरिबका बच्चाहरुलाई विधालयमा आउन अभिप्रेरित गरि गरिएको यस्तो कार्यक्रममा आफुलाई पनी आन्नद आउने बताए । विद्यालयका बच्चाहरुले नाच गान गर्दै रमाइलो गरेर गरिएको यस्तो कार्यक्रमले सार्वजनिक विद्यालयमा विद्यार्थी आउन अभिप्रेरित गर्ने विद्यालय निरिक्षक दिनेश बरालले बताए । सो विद्यालयमाग तवर्ष पनी समाज सेवी गोयलकै सहयोगमा यस्तो कार्यक्रमगरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर