पूर्वाञ्चल खबर
आज पथरीमा पत्रकार सम्मेलनको आयोजना गरी हार्डवेयर व्यवसायी बस्नेतले अध्यक्ष पदमा आफ्नो उम्मेद्वारी घोषणा गरेका हुन् ।
पथरीशनिश्चरे यस क्षेत्रको व्यापारीहरुको हकहितको लागि आफू निरन्तर लागिपरहने र भावी दिनमा व्यापार संघले गर्ने कार्यहरु प्रति दृढताका साथ लागिपर्ने प्रतिवद्धता जाहेर गरे । पथरी उद्योग वाणिज्य संघमा रही बस्नेतले दुई कार्यकाल सदस्य पदमा रही व्यापारीको हितका लागि आफ्नो कार्य देखाइसकेको बताए । उद्योग वाणिज्य संघ पथरीको चुनावी साधारणसभा यही माघ २८ र २९ गते हुदैछ ।