खबर पूर्वाञ्चल
आज भएको खेलमा आयोजकलाई दुर्गापरले सडनडेथमा ४–३ गोल अन्तरले पराजित गदै अीनतम चारमा प्रवेश गरेको हो । निर्धारित समयसम्म दुबै टोलीले २ –२ को बराबरी खेलेपछि खेलको निर्णय सडनडेथबाट भएको हो ।
धरान रंगशालामा भएको खेलमा नियमित र अतिरिक्त समयमा दुवै टोलीले २–२ गोलको बराबरी खेलेपछि खेल पेनाल्टी हुँदै सडनडेथमा पुगेको थियो । १६ मिनेटभित्र नै दुई गोलको अग्रता बनाइसकेको घरेलु टिमले अग्रता जोगाउन नसक्दा पराजय बेहोरेको हो ।
खेलको दोस्रो मिनेटमा रोमन लिम्बुले धरानका लागि गोल गर्दै अग्रता दिलाए । त्यसपछि १६ औ मिनेटमा बर्तमान राईले धरानका लागि अग्रता दोब्बर बनाए ।
खेलको ७७ औ मिनेटमा शाही केन्टको गोलमार्फत खेल २ –१ को स्थितीमा पु¥याएको दुर्गापुरले ७८ औ मिनेटमा शुभंम थापाको गोलबाट खेल दुई –दुई बराबरीमा पुग्यो । त्यसपछि दुबै टिमबाट गोल हुन नसकेपछि अतिरित्त समय थपिएको हो ।
अतिरिक्त समयमा दुबै टोलीले गोल गर्न सकेन र खेल टाइबे्रकरमा गयो । टाइब्रेकरमा दुबै टोलीले ३ –३ गोल गर्दा खेलको निर्णय सडनडेथबाट लिइएको हो ।
सडनडेथमा धरान गोल गर्न असफल भएपछि पहिलो खेलबाटै बाहिरिएको छ । ८ टिम सहभागी प्रतियोगिताको विजेताले ६ लाख र उपविजेताले ३ लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।