AArya
RUMPUM
animated ellipse animated ellipse

खर्चको दायरा नघटाए मुलुक धान्न गाह्रो पर्ने– डा.महत

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२१ माघ २०७४, आईतवार १९:१२
3
Shares
विराटनगर, २१ माघ नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. रामशरण महतले खर्चको दायरा नघटाए मुलुकलाई संघीयता धान्न गाह्रो पर्ने चेतावनी दिएका छन् ।

नेपाल प्रेस युनियन मोरङले आज विराटनगरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले प्रदेशहरुलाई प्रशासनिक खर्च कम गर्न र स्रोतको खोजी गर्न सल्लाह दिए । यदि खर्च बढ्ने र स्रोतको खोजी नगर्ने हो भने संघीयता अप्ठ्यारोमा पर्ने उनको भनाइ थियो ।

पूर्व अर्थमन्त्रीसमेत रहेका महतोले पार्टी महासमितिको बैठक चाँडो बस्नुपर्ने र पार्टीको विधानलाई संशोधन गरी नयाँ संरचना अनुसार महाधिवेशन गर्नुपर्ने धारणा पनि राखे । भारतीय विदेशमन्त्री सुष्मा स्वराजको भ्रमणका सम्बन्धमा पत्रकारको जिज्ञासामा उनले दुवै छिमेकी मुलुकबीच भ्रमण भइरहने भएकाले टिकाटिप्पणी गरिरहनु आवश्यक नरहेको बताए । उनले भ्रमणका विषयमा अनावश्यक टिकाटिप्पणी गर्नु उचित नहुने उल्लेख समेत गरे । नेता महतले जुनसुुकै सरकार आए पनि भारत र चीनसँग सन्तुलित सम्बन्ध राखेर अगाडि बढ्नुपर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर