पूर्वाञ्चल खबर
अस्पतालले विराटनगरमा आज एक कार्यक्रम आयोजना गरी क्लबलाई खेलकुदको सामाग्री प्रदान गरेको हो ।
अस्पतालका अध्यक्ष रुपेश अधिकारीले क्लबका कप्तान दिपक राई र कोच पारस चौधरीलाई खेलकुदको सामाग्री हस्तान्तरण गरेका थिए । मोरङ ११ फुटबल टिम सिमरा गोल्डकप प्रतियोगितामा भाग लिन जाने भएकोले अस्पतालले क्बललाई खेलकुदको समाग्री प्रदान गरेको अस्पताललका अध्यक्ष अधिकारीले बताए ।
कार्यक्रममा बोल्दै अध्यक्ष अधिकारीले खेलकुद क्षेत्रको विकास पु¥याउने उद्देश्य अनुरुप घरेलु टिमलाई सहयोग गरेको बताए । क्लबलाई सफलताको शुभकामना दिदै अध्यक्ष अधिकारीले आगामी दिन पनि सक्ने सहयोग गर्ने प्रतिवद्धता जनाए ।
कार्यक्रममा बोल्दै एन्फाका केन्द्रीय उपाध्यक्ष बसन्त अर्यालले फुटबल क्षेत्रको विकासको लागि यस्तो सहयोगले ठूलो भूमिका निभार्ह गर्ने बताए । ‘यस्तो सहयोगले क्लबलाई मजदुत बनाउँछ,’ उपाध्यक्ष आर्यालले भने, ‘खेल क्षेत्रको विकास गर्न सबैको साथ सहयोग अनिवार्य हनुपर्दछ ।’
मोरङ फुटबल संघका अध्यक्ष दिपेन्द्र धिमाल, एन्फाका केन्द्रीय उपाध्यक्ष सन्तोष बानिया, कोच दिपेन्द्र धिमाल, नेपाल पत्रकार महासंघ मोरङको उपाध्यक्ष कुमोद अधिकारीलगायले बोलेका थिए । अस्पतालले क्लबलाई फुटबल, जर्सी, जुत्तालगायतको सामाग्री सहयोग गरेको थियो ।