AArya
RUMPUM
animated ellipse animated ellipse

कोशेली महोत्सवमा डेढ करोडको कारोबार

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१७ माघ २०७४, बुधबार ०७:४५
3
Shares
विराटनगर- विराटनगरमा आयोजित कोशेली महोत्सवमा एक करोड ५० लाख रूपैयाँ बराबरको कारोवार भएको छ । गत शुक्रबारबाट सुरू भएको महोत्सव मंगलबार साँझ समापन हुँदासम्म एक करोड ५० लाख बराबरको कारोबार भएको हो ।

उद्योग संगठन मोरङको महिला उद्यम समिति र नेपाल युवा उद्यमी मञ्चले संयुक्तरूपमा आयोजना गरेको महोत्सवमा उपभोक्ताको भीड लागेको थियो । मेलामा सोचेभन्दा बढी कारोबार भएको उद्योग संगठन मोरङका अध्यक्ष मुकेश उपाध्याले जानकारी दिए । ‘हामीले ५० लाखको कारोबार हुन्छ भन्ने अनुमान गरेका थियौँ’ उपाध्यायले भने– ‘दैनिक कारोबारको रेर्कड हेर्दा मेलामा डेढ करोड बराबरको कारोबार भएको देखिन्छ ।’
मेलामा इलामदेखि जुम्लासम्मका उत्पादनका १ सय २ वटा स्टलहरू राखिएको थियो । कृषि, पर्यटन तथा औद्योगिक व्यापार मेलामा पूर्व क्षेत्रको कृषि उत्पादनको प्रवद्र्धन तथा अग्र्यानिक उत्पादनको प्रोत्साहनका लागि क्षेत्रीय कृषि निर्देशनालय विराटनगर र विराटनगर महानगरपालिका सह–आयोजक रहेका थिए ।
मेलाले उद्योगी र व्यवसायीहरूमा उत्साह थपेको अध्यक्ष उपाध्यायले बताए । मेला अवलोकनकर्ता पनि ५० हजारभन्दा बढी आएको बताउँदै उनले सबैको सहयोगमा मेला सफल भएको बताए ।
उनका अनुसार मेलामा उत्कृष्ट कारोबार गर्ने तीन स्टलहरूलाई पुरस्कृत गरिएको छ । मेलामा शहंशाह अगरबत्तीले प्रथम पुरस्कार प्राप्त गरेको छ । त्यस्तै महिलाले सञ्चालन गरेको नेपाली हेण्ड्रीक्याप विराटनगर दोस्रो र संखुवासभाको त्रिवेणी सौगातगृहले तृतीय पुरस्कार प्राप्त गरेका छन् ।
उद्घोष दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर