पूर्वाञ्चल खबर

प्रतियोगिताको फाइनलमा १० जना छात्र र १० जना छात्राले उपाधिको लागिप्रतिस्पर्धामा उत्रिएका थिए ।
मिस फ्रेसरतर्फको फस्ट रनरअप लिला चाम्लिङ राई तथा सेकण्ड नरअप अनु सिंह घोषित भइन् भने मिस्टरतर्फको फस्ट नरअप सृजल घिमिरे र अविशेक गौतम घोषित भए ।
बी.बी.एस. प्रथम वर्षमा भर्ना भएका विद्यार्थीहरुलाई नौलो तरिकाले स्वागत गर्न विगत तीन वर्षदेखि यस्तो प्रतियोगिता आयोजना गरेको कलेज प्रमुख चिन्तामणी बस्नेतले जानकारी दिए । प्रतियोगिताको निर्णायकहरुमा कोरियाग्राफर अमलेश कर्ण, जुनियर जेसीसजको पूर्व अध्यक्ष अविनास थापा, ब्यूटिसयीन रम्तीम जोशी र रीता तिम्सिना रहेकी थिइन् । प्रतियोगिताको कोरियाग्राफर अमर मगर, लिहाङ्ग चोङवाहाङ र राम संगम राउतले गरेका थिए ।
विजयी हुने प्रतियोगिहरुलाई कार्यक्रमको प्रमुख अतिथि त्रिभूवन विश्व विद्यालयका उप परीक्षण नियन्त्रक अर्जुन विक्रम खड्का, नुप्का मोरङका अध्यक्ष तिर्थराज घिमिरे, कलेजका अध्यक्ष तुलसी पोखरेल र कलेज प्रमुख चिन्तामणी बस्नेतलले पुरस्कार वितरण गरेका थिए ।