AArya
RUMPUM
animated ellipse animated ellipse

हिसान क्रिकेटको उपाधि कान्तिपुर कलेजलाई

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१५ माघ २०७४, सोमबार १८:३०
3
Shares
शिक्षादिप कलेज विरुद्ध ब्याटिङ गर्दै कान्तिपुरका यीमेश न्यौपाने
पुष्पराज थपलीया
विराटनगर, १५ माघ/ विराटनगरमा जारी ८ औं हिसानस्पोर्टस् मिट अन्तर्गत क्रिकेटको उपाधि विराटनगरमा रहेको कान्तिपुर कलेजले हात पारेको छ ।

हिसान मोरङको आयोजनामा विराटनगर बैजनाथपुरको खेल मैदानमा आज भएको फाइनल खेलमा कान्तिपुरले विराटनगरको शिक्षादीप कलेजलाई ३ विकेटले पराजित गर्दै उपाधि माथी कब्जा गरेको हो । यस अधिको सातौं सस्करणमा कान्तिपुर कलेज उपविजेता भएको थियो ।

जवाफमा ७५ रनको सामान्य विजयी लक्ष्य पछ्याएको कान्तिपुरले १५ ओभर ५ बल मा ७ विकेटको गुमाई सो विजयी लक्ष्य पार गरेको थियो । जसमा बब्लु राजवंशीले १४ रन र सुरज यादवले १२ रन बनाए । शिक्षादीपका शुभम यादवले ३ विकेट लिए

यस अघि टस जितेर ब्याटिङ गरेको शिक्षादीपले निर्धारित २० ओभरको खेलमा १७ ओभर ५ बलमा सबै विकेट गुमाउँदै ७४ रनको सँम्ँनइ योगफल तयार पारेको थियो । जसमा उत्सव बरालले १३रन र शीर्षक काफ्लेले ९ रन बनाए । कान्तिपुरका सन्दिर रजक, विजय यादव, कपिल मण्डल र सुरज यादवले समान २–२ विकेट लिए । । म्यान अफ द फाइनल कान्तिपुरका सुरज यादव घोषित भए ।

प्रतियोगिता भरिको उत्कृष्ट खेलाडि शिक्षादिपका रेवती रमन घोषित भए । प्रतियोगिता भरिको उत्कृष्ट ब्याट्सम्यान शिक्षादिमका राजेन मगर तथा उत्कृष्ट बलर अरनीकोका प्रसान्त पोखरेल घोषित भए । विजेता, उपविजेता टिमसाथै अन्य खेलाडिहरुलाई मंगलबार पुरस्कार तथा ट्रफि वितरण गर्ने हिसान मोरङका अध्यक्ष बलराम पन्तले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर