खबर पूर्वाञ्चल
विराटनगरमा आज आयोजना गरेको प्रतियोगिताको द्धितीय पूर्वाञ्चल विद्या सदन सेकेण्डरी बोडिङ स्कूलका विवेक यादव भए भने तृतीय बन्दना ठाकुर र सान्तवना पुरस्कार जेसी बाल सदन स्कूलका आशिका कार्की घोषित भए ।
स्कूल अध्ययरत विद्यार्थीहरुमा भएको प्रतिभा उजागर गर्ने उद्देश्यले आयोजना गरेको सो प्रतियोगितामा विराटनगर – १३ नम्बर वडामा रहेको निजी विद्यालयहरुको सहभागिता रहेको सञ्जालका अध्यक्ष एन्जेनिता श्रेष्ठले जानकारी दिइन् । ‘बालवालिकाहरुको व्यक्तित्व विकास गर्न सञ्जाल स्थापना गरिएको हो,’ अध्यक्ष एन्जेनिताले भनिन्, ‘स्कूल तहमा अध्ययन गर्ने विद्यार्थीहरुको अन्य रचनात्मक क्रियाकलापहरु समते गर्नेछौं ।’
क्लबले आयोजना गरेको बक्तृत्व कला ‘बाल विवाह र लागु पदार्थ दुव्र्यसनी’ शिर्षकमा रहेको थियो ।
विजयी हुने विद्यार्थीहरुलाई कार्यक्रमको प्रमुख अतिथि रहेका विराटनगर महानगरपालिकाको बालवालिका तथा महिला शाखा अधिकृत डिल्ली धिमाल, डा. उद्धब पोखरेल, प्याब्सन मोरङका लेखा समिति संयोजक अर्जुन श्रेष्ठलगयाले पुरस्कार वितरण गरेका थिए ।