AArya
RUMPUM
animated ellipse animated ellipse

एआईजी छिमेकी नै हुनुपर्छ ? देउवालाई ओलीको प्रश्नः

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१२ माघ २०७४, शुक्रबार ०६:४५
3
Shares
फाइल तस्वीर
काठमाडौं,१२ मघ / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रहरीमा ३० वर्षे सेवा अवधि हटाउने सरकारी तयारीप्रति विरोध जनाएका छन्।

विहीबार आयोजित विशेष पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले सेवाअवधि हटाएर प्रधानमन्त्रीका छिमेकी ९सुदूरपश्चिम०का प्रहरी अधिकृतलाई आइजीपी बनाउने उद्देश्यले संघीय प्रहरी ऐन ल्याउने सरकारको तयारीको विरोध गरेका हुन्।

आइजीपी प्रकाश अर्याल, एआईजी जयबहादुर चन्द, विजय भट्टहरुको दबाबमा गृहमन्त्री समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले ३० वर्षे सेवाअवधि हटाएर संघीय प्रहरी ऐन ल्याउने तयारी गरेक थिए ।

उक्त समाचार प्रकाशित भएपछि अपराह्न आयोजित पत्रकार सम्मेलनमा ओलीले एआईजी छिमेककै हुनुपर्छ भनी प्रश्न गरे। ‘सबै उतैको हुनुपर्ने ? अनावश्यक रुपमा एआईजीको दरबन्दी थपेको छ। यो अनुचित कार्य हो,’ ओलीले भने। प्रहरीमा ३० वर्षे सेवाअवधि हटाए वर्तमान आइजीपी अर्यालसहित १३ वटै एआईजीको पदावधि २ वर्ष बढ्नेछ। नागरिक दैनिकमा यो खबयो छापिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर