RUMPUM
animated ellipse animated ellipse

कान्तिपुर, कोवास, अरनीको, ग्रिनल्याण्ड,शिक्षादीप र एभरेष्ट विजयी

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१० माघ २०७४, बुधबार १९:५७
3
Shares
एभरेष्टविरुद्ध ब्याटिङ गर्दे कोबासका खेलाडि । तस्वीर- पुष्पराज थपलीया /खबर पूर्वाञ्चल
विराटनगर, ११ माघ / विराटनगरमा जारी ८ औं हिसान स्पोर्टस् मिटको फुटबलमा कान्तिपुर, कोवास, अरनीको, भलिबलमा ग्रिनल्याण्ड, अरनीको र क्रिकेटमा शिक्षादीप र एभरेष्ट कलेज विजयी भइ दोस्रो चरणमा प्रवेश गरेको छ ।

हिसान मोरङको आयोजनामा विराटनगरको सहिद रङगशालमा आज भएको फुटबलको पहिलो खेलमा मोर्डन एरालाई टाईब्रेकरमा ४–३ गोल अन्तरले पराजित गरी कान्तिपुर कलेज विजयी भई दोस्रो चरणमा प्रवेश गरेको हो ।

निर्धारित समयसम्म दुवै टिमले गोल रहित बरावरी खेले पछि खेल टाइब्रेकरतर्फ ढकलिएको थियो । टाइब्रेकरमा कान्तिपुरका सुरज राजवंशी, कुसल सरदार, मन्जित कोइराला र सुमन वि.क. ले गोल गरी टिमको जित सुनिश्चित गरे । मोर्डन एराका सागर पोखरेल र मदन लाल विश्वासले गोल गर्न नसक्दा पराजित भयो । मार्डन एराका रानीलाल सरदार, अजय भूजेल र राम पौडेलले मात्र गोल गरे । खेलको म्यान अफ म्याच कान्पिुरका मन्जित कोइराला घोषित भए ।

दोस्रो खेलमा भानु कलेजलाई १–० गोल अन्तरले पराजित गर्दै कोबास कलेज दोस्रो चरणमा प्रवेश गरेको हो । जितको लागि खेमराज अधिकारीले पहिलो हाफको ६ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । खेलको म्यान अफ द म्याच निर्णायक गोल गर्ने अधिकारी घोषित भए ।

तेस्रो खेलमा नेशनल एकाडेमीलाई ३–० गोलले पराजित गर्दै अरनीको कलेज दोस्रो चरणमा प्रवेश गरको छ । अरनिकोका सुर्य राजवंशी र नविन चौधरीले गोल गरेका थिए । खेलको म्यान अफ द म्याच अरनिकोका नविन चौधरी घोषित भए ।

भलिबलमा ग्रिनल्याण्ड र अरनीको कलेज विजयी

पहिलो खेलमा ग्रिनल्याण्ड कलेज विजयी भइ दोस्रो चरणमा प्रवेश ग¥यो । ग्रिनल्याण्डले शिक्षादीप कलेजलाई २५–१६, २५–१६ को सोझो सेटले पराजित गरेको हो ।

दोस्रो खेलमा अरनीको कलेज विजयी भइ दोस्रो चरणमा प्रवेश गरेको छ । कोशी कलेजलाई १९–२५, २५–१७ र २५–१६ सेटले पराजित गरेको हो ।

क्रिकेटमा शिक्षादीप र एभरेष्ट कलेज विजयी

विराटनगरको बैजनाथपुरमा भएको पहिलो खेलमा शिक्षादीप कलेजले मेरिल्यान्ड कलेजलाई ३४ रनले पराजित गर्दै अन्मि चारमा प्रवेश गरेको हो । टस हारेर ब्याटिङ गरेको शिक्षादीपलाई निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ४४ रन बनायो । जसमा राजन मगरले ४७ रन र रेवती यादवले २६ बलमा विस्फोटन ब्याटिङ गर्दै ४३ रन जाडे । मेरिल्यान्डका अमित निरौलाले ३ विकेट लिए ।
१ सय ४५ रनको विजयी लक्ष्य पछ्याएको मेरिल्यान्डले १९ ओभर ४ बलमा सबै विकेट गुमाउँदै १ सय ११ रनमा सिमित भयो । जसमा अमित यादव ३० र निर्मल कामतले १९ रन बनाए । शिक्षादीपका सूर्य रौनियारले ३ विकेट लिए । खेलको म्यान अफ द म्याच शिक्षादीपका रेवती यादव भए ।

त्यस्तै दोस्रो खेलमा एभरेष्टले कोबास कलेजलाई ५ विकेटले विजयी हराउँदै सेमिफाइनलमा प्रवेश गरेको छ । टस जितेर ब्याटिङ थालेको कोबासले १९ ओभर १ बलमा सबै विकेट गुमाउँदै ९९ रन बनायो । जसमा विशाल साह ३२ रन र राजकुमार मण्डलले १७ रन बनाए । एभरेष्टका सायार खरेल, सुदिन लम्साल र सचिन क्षेत्रीले समान २ विकेट लिए ।

१ सय रनको विजयी लक्ष्य लिई मैदानमा उत्रेको एभरेष्टले १३ ओभरमा ५ विकेटको क्षतिमा विजयी लक्ष्य पार गरेको थियो । जसमा म्यान अफ द म्याच कोवासका सुदिन लम्सालले २८ र हर्ष यादवले १८ रन बनाए । कोबासका इजरायल खानले २ विकेट र राजकुमार यादवले १ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर