खबर पूर्वाञ्चल
सुनसरी, ९ माघ / भारत कोलकोत्ताको गरिफा स्पोर्टिङ्ग क्लब इटहरीमा जारी मदन भण्डारी स्मृती इटहरी गोल्डकपको अन्तिम चारमा प्रवेश गरेको छ ।
आज क्षेत्रिय रंगशाला इटहरीमा भएको अन्तिम क्वाटरफाइनल खेलमा कोलकत्ताले आयोजक राष्ट्रिय जागृती क्लबलाइ १–० गोल अन्तरले पराजित गरि अन्तिम चारमा प्रवेश गरेको हो । खेल सुरु भएको दोस्रो मिनेटमा नै चिस्से सोलासले गरेको गोल नै खेलको निर्णायक सावित भयो । एक महिना अघि फाल्गुनन्द गोल्डकपको उपाधी जितेका खेलाडीहरु समावेश गरेको आयोजक टिमले सुरुवाती दुर्इ मिनेट सम्हालिन नसक्दा पराजित हुनुपर्यो ।
खेलको म्यान अफ द म्याच आयोजक राष्टिय जागृतीका प्रवेश दनुवार घोषित भए । उनले नगद १० हजार पाए । कोलकत्ताले सेमिफाइनलमा मनाङ मस्याङ्दी क्लबसँग बिहिबार प्रतिस्पर्धा गर्ने छ ।