AArya
RUMPUM
animated ellipse animated ellipse

धनकुटे सांसदको अडान

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

७ माघ २०७४, आईतवार १९:३३
3
Shares
विराटनगर, ७ माघ/राजधानीको विषयलाई लिएर आन्दोलन भइरहेका बेला धनकुटाबाट निर्वाचित प्रदेशसभा सांसदले हिमाल र पहाडको मनोविज्ञानका आधारमा राजधानी हुनुपर्नेमा जोड दिएका छन् ।

सपथ ग्रहण सम्पन्न भएपछि संचारकर्मीलाई प्रतिक्रिया दिँदै धनकुटा (ख)का प्रदेशसभा सांसद इन्द्रमणी पराजुलीले हिमाल, पहाड र तराईको मनोविज्ञानलाई संयोजन गर्नपनि धनकुटानै राजधानी हुनुपर्ने बताए । ‘काठमाडौंलाई केन्द्र मानेजस्तै हामी विराटनगरलाई प्रदेशको केन्द्र मान्न सक्दैनौं,’ पराजुलीले भने, ‘धनकुटाले हिमाल, पहाड र तराईलाई संयोजन गरेर लान सक्छ, विराटनगरले सक्दैन ।’

पराजुलीले काठमाडौंमा केन्द्रीत गरेजस्तै विराटनगरलाई षड्यन्त्रमूलक ढंगले अर्को केन्द्र खडा गर्न खोजेर जनताको अधिकार कुण्ठित पार्ने प्रयास गरेको दाबी गरे । धनकुटाकै सांसद कुशुम श्रेष्ठले आफूहरुले प्रदेशसभाको बैठकमा धनकुटा राजधानी बनाउने विषयमा छलफल चलाउने बताइन् । ‘प्रदेशसभामा हामी छलफल गर्छौं, धनकुटा नै राजधानी हुनु पर्छ भन्ने हिमाल र पहाडका जनताको आवाज सुनिनु पर्छ,’ श्रेष्ठले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर