AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

पथरीमा म्युजिकल कन्सर्ट हुने

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

७ माघ २०७४, आईतवार १७:५३
3
Shares
गोपाल काफ्ले
पथरी , ७ माघ । मोरङको पथरीशनिश्चरेमा आगामी माघ ११ गते म्युजिकल कन्सर्ट २०१८ हुने भएको छ ।

पूर्वी मोरङ इसाई यूवा समितिले आज पत्रकार सम्मेलनको आयोजना गरी कन्सर्टको बारे जानकारी गराएको हो । कन्सर्टमा हेभजिवा ब्याण्ड काठमाडौंको विशेष प्रस्तुति रहनेछ ।

कार्यक्रममा ल्याब्जिवा ब्याण्डको लाईभ प्रस्तुति रहने छ भने सिक्किमेली गायक नविन पाख्रिन, सिलगुडीका चर्चित डान्सर अनुग्रह, शिङगिङ स्टार संझना राई, पथरी शिङगिङ स्टार श्रेया सुधा दवाडी, कतार आईडल ललित थलुङ तथा स्थानीय गायक÷गायिकाहरू सम्झना राई, श्रेया दवाडी र ललित थलङ लिम्बुको पनि प्रस्तुति रहनेछ ।

पथरीको यलम्बर चौकमा हुने सो कन्सर्टमा दमक, लेटाङ, लक्ष्मीमार्गका नृत्यांगनाहरुले नृत्य गर्नेछन् भने सिलिगुडीको अनुग्रह डान्स सेन्टरले आफ्ना प्रस्तुतिहरु पस्कने आयोजकका संयोजक विक्रम राईले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर