पूर्वाञ्चल खबर
त्यसपछि सरावागीले विराटनगरमा रहेको वीरेन्द्र सभा गृह हलमा अन्य सांसदलाई शपथ खुवाएका थिए । सभामुख र उपसभामुखको निर्वाचन नहुन्जेल अब प्रदेशसभा अध्यक्षको हैसियतमा उनले संसद चलाउने छन् । संसदको पहिलो बैठक कहिले बस्ने भन्ने कुनै टुंगो लगाएको छैन् ।

मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यका अनुसार सपथ ग्रहणमा ९३ सांसद सहभागी भए । सपथ ग्रहण कार्यक्रममा प्रदेश सदस्यहरु कोही जातिय पहिरनमा थिए भने कोही दौरा सुरुवालमा उपस्थीति भएका थिए ।

कार्यक्रममा क्षेत्रिय प्रशासक राजेश्वरमान सिंह, उच्च अदालत विराटनगरका मुख्य न्याधिश, एक नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख पशुपति उपाध्यय, विराटनगर महानगरपालिको मेयर भीम पराजुली, उपमेयर इन्दिरा कार्की, राजनैतिक दलका नेता, उद्योगी, व्यापारी, नागरीक समाज, सञ्चारकर्मीहरुको बाक्लो उपस्थीत रहेको थियो ।

निर्धारीतसमय भन्दा आधा घण्टा ढिलो गरी सुरु भएको सपथ ग्रहण कार्यक्रमको अन्त्यमा प्रदेश प्रमुखसहित प्रदेश सदस्यहरुले फोटोसेसन गरेर १ बजे सम्पन्न भएको थियो । तस्वीहरु-पुष्पराज थपलीया