खबर पूर्वाञ्चल
विद्यालयले पत्रकारीताको क्षेत्रमा लामो समय देखि सक्रिय पत्रकारीता गर्दै आएका कान्तिपुर टेलिभिजनका सहासयक बरिष्ठ उपसम्पादक महाप्रसाद खतिवडा, मकालु टेलिभिजनकी सम्वाददाता विनु तिम्सिनालाई सम्मान गरेको छ । साथै वर्ष उत्कृष्ट शिक्षक तथा कर्मचारी प्रभात नेपा, प्रेम निरौला र मञ्जु कामतलाइ सम्मान गरिएको थियो । साथै विद्यालयमा नियमितरुपमा निगरानी राख्ने र सल्लाह सुझाव दिने ६ जना अभिभावकहरुलाइ समेत सम्मान गरिएको थियो ।
त्यस्तै कक्षा ११ को परीक्षामा उतृष्ट नतिजा ल्याउने विद्यार्थी सुरेशकुमार कामतलाइ संस्थापक प्रधानाध्यापक प्रतापसिंह राठोरको नाममा स्थापना गरिएको पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रममा विद्यार्थीहरुले निर्माण गरेका विभिन्न विद्युतिय उपकरणहरुको प्रदर्शन समेत गरिएको थियो । सम्मानीत हुने सवैलाई विराटनगर माहानगरपालीकाका प्रमुख भीम पराजुलीले गरेका थिए ।