AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

काटनु पर्ने भनिएको खुट्टा म्याक्स हस्पिटलमा जोडियो

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

६ माघ २०७४, शनिबार १९:०४
189
Shares
विराटनगर, ६ माघ । धनुषा सिंयाहीका सोखिलाल महतोको ६ ठाउँमा भाचिएर टुक्रिएको दायाँ खुट्टा विराटनगरमा रहेको म्याक्स इन्टरनेशनल हस्पिटल एण्ड ट्रमा सेन्टर प्रा.लि. ले सफल शल्यक्रियापछि जोडिएको छ ।

सवारी दुर्घटनामा परी दाया खुट्टा ६ ठाउँमा भाचिएको महतोको दुई पटक शल्यक्रिया गरेपछि अहिले जोडिएर ठिक भएको हस्पिटलले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । हस्पिटलका अर्थोपेडिक सर्जन डा. सञ्जयकुमार साहसहितको टिमले महतोको सफल शल्यक्रियापछि अहिले ठिक भएका छन् ।

‘हस्पिटलले २ महिना लगाएर उपचार गरेपछि ६ ठाउँमा भाखिएको खुट्टा अहिले ठिक भएको छ,’ हस्पिटलका अध्यक्ष शत्रुध्न यादवले भने, ‘दुर्घटना परी अरु हस्पिटलले काटनु र्पछ भनेको खुट्टा हाम्रो हस्पिटलले सफल उपचार गरेको छ ।’ उनको दाया खुट्टामा २ वटा स्टिल लगाएको छ । अहिले बैशाखीको साहारामा हिडडुल गर्न सक्ने भएका छन् । दुई महिनाको उपचारपछि आजै डिस्चार्ज भएको हस्पिटलका जनाएको छ ।

हिस्चार्ज पाएर घर जाने तयारीमा रहेका मेहताले आफूले नयाँ जीवन पाएको बताए । ‘दुर्घटनाम परेपछि थुप्रै हस्पिटलमा पुगे,’ उनले भने, ‘खुट्टा काटनु पर्ने चिकित्सवहरुले सल्लाह दिए । म मानिन्, उलने भने, ‘म्याक्स हस्पिटल आइपुग्दा डा. सञ्जयकुमार साहको टिमले राम्रो उपचार गरेर वैशाखीको साहारामा हिडनसक्ने भएको छु ।’ उनको उपचार ९ लाख ३४ हजारमा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर