पूर्वाञ्चल खबर
आज अस्पतालको सेवा ८ घण्टा सेवा ठप्प पारेपनि निजी अस्पतालमा भने सहज रुपमा सेवाहरु सुचारु भएको थियो ।
विभिन्न ११ बुँदे माग राख्दै ११ दिनदेखि मुुलुकभर आन्दोलनमा उत्रिएका नर्सहरुले विहान ८ बजेदेखि ४ बजेसम्म आन्दोलन गरेका थिए । उनीहरुले कोशी अञ्चल अस्पतालको मुख्यगेट अगाडि कुर्सी राखेर धर्ना दिएका छन् ।
‘नर्सहरुको माग जायज छ ।’ पब्लिक फोरम अध्यक्ष उत्तम ढुङगेलले भने ‘ तर आन्दोलन गर्दा सरकारीको सेवामात्र ठप्प पार्न भएन ।’ आन्दोलन निजी अस्पताल विरुद्ध भएपनि विपन्न नागरिकको उपचार गर्ने सरकारी अस्पतालको सेवा ठप्प पार्न नहुने उनको भनाई छ ।
नर्सहरुको सेवा, सुविधा वृद्धि गर्नुपर्ने सहितका ११ बँुदे माग राखेका उनीहरुले मागप्रति सरकारले बेवास्ता गरे निरन्तर आन्दोलन जारी राख्ने चेतावनी दिएका छ ।