खबर पूर्वाञ्चल
विराटनगर प्रदेश राजधानी घोषणा भएपछि एतिहासिक सहरप्रति सरकारले न्याय गरेको सरोकारवालाहरुले बताएका छन । ‘एतिहासिक सहर विराटनगरलाई सरकारले न्याय गरेको छ ।’ विराटनगर महानगरपालिका मेयर भीम पराजुलीले भने ‘ भौतिक पूर्वाधारलेपनि राजधानीकालागि विराटनगरको बिकल्प थिएन ।’
प्रदेश राजधानीकालागि आवश्यक भौतिक संरचना विराटनगरमा नै भएको र सडक तथा पूर्वाधार विकासले विराटनगर अब्बल रहेको उनको भनाई छ । प्रदेश राजधानी घोषणा भएपछि संघियता कार्यन्यनको आधारपनि बलियो भएको उनको भनाई छ ।
‘राजधानी घोषणाले संघियता कार्यन्यनमा सहज भयो ।’ पराजुली भन्छन ‘ अब एतिहासिक सहर विराटनगरको काचुली फेरिन्छ ।’ शिक्षा स्वास्थ्यमा अब्बल रहेको विराटनगरको विकासमा प्रदेश राजधानी घोषणाले सहज भएको उनले बताएका छन् ।
‘प्रदेश राजधानी घोषणाले विराटनगरलाई न्याय भएको मोरङ क्षेत्र नं ४ का प्रतिनिधि सभा संसद अमनलाल मोदी बताउछन् । ‘राजधानी घोषणाले प्रदेश नं १ कै जनतालाई न्याय गरेको छ ।’ उनी भन्छन ‘ एतिहासिक सहरका जनताको माग सम्बोधन भएको छ ।’ उनी राजधानी माग्दै आन्दोलन भैरहेको धनकुटा र सुनसरीलाई अब विराटनगरले न्याय गर्नु पर्ने बताउछन् । ‘विराटनगर प्रदेश नं १ को उपयुक्त ठाउ हो ।’ मोदीले भने ‘ राजधानीकालागि साधन स्रोत र पूर्वाधारयुक्त दोस्रो ठूलो सहर विराटनगरको विकल्प थिएन ।’ हिजो सम्म विराटनगरलाई सबैले मानेका कारण जनताको चाहाना पूरा भएको उनको भनाई छ ।
प्रदेश सभा सदस्य जीवन घिमिरे विराटनगरलाई स्थायी प्रदेश राजधानी बनाउन आफ्नो तर्फबाट भूमिका खेल्ने बताउछन् । ‘ हाम्रो माग पुरा भएको छ । ’ घिमिरेले भने ‘ विराटनगर राजधानी हुनु स्वभाविक हो अब स्थायी राजधानी पनि विराटनगर नै बनाउन मेरो भूमिका रहन्छ ।’
अर्काे प्रदेश संसद जयराम यादव संघियता कार्यन्यनका क्रममा प्रदेश राजधानी तोकिनु स्वागत योग्य भएको बताउछन् । ‘ राजधानी भौतिक पूर्वाधार भएकै ठाउमा हुनुपर्छ भन्ने हाम्रो माग थियो ।’ उनी भन्छन ‘ भौतिक पूर्वाधारका हिसावले विराटनगरको बिकल्प पनि थिएन ।’ उनी विराटनगरलाई राजधानी घोषणा गर्दा कुनै सहरलाई बाइपास नगरिएको बताउछन । अर्का प्रदेश सभा सदस्य कुशल लिम्बु राज्यले विराटनगरलाई न्याय गरेको बताउछन् । सरकारको निर्णय स्वागतयोग्य रहेको उनको भनाई छ ।
प्रदेश नं १ अब सात प्रदेश मध्ये सम्पन्न प्रदेश हुने मोरङ ब्यापार संघका अध्यक्ष पवनकुमार सारडा बताउछन् । विराटनगरलाई राजधानी घोषणा गरेर राज्यले एतिहासिक सहरप्रति न्याय गरेको उनको भनाई छ । ‘विराटनगर शिक्षा स्वास्थ्य र औद्योगिक क्षेत्रको अग्रणी सहर हो ’ उनी भन्छन ‘राजधानीकालागि विराटनगरको बाहेक विकल्प थिएन ।’ उनी नेपालका सातवटै प्रदेशको तुलनामा प्रदेश नं १ सम्पन्न हुने बताउछन् । अन्य प्रदेशको तुलनामा प्रदेश नम्बर १ सुविधा सम्पन्न भएकाले विकास पछि छिट्टै हुने उनको भनाई छ । उद्योग संगठन मोरङका अध्यक्ष मुकेश उपाध्यय राज्यले विराटनगरलाई न्याय गरेको बताउछन् । सुविधा युक्त सहर विराटगर राजधानी हुनु स्वागत योग्य भएको उनको भनाई छ ।
आजको उद्घोष दैनिकमा खबर छापिएको छ ।