पूर्वाञ्चल खबर
योसेक कल्वको पहलमा हङकङमा रहेका मोरङ मगलबारेका जितेन्द्र चोङवाङले ५० जना विद्यार्थीका लागि स्वीटरको व्यवस्थापन गरी वितरण गरेका हुन् । चोङवाङ लामो समयसम्म हङकङमा रहेर गाँउमा सहयोग तथा योसेक कल्व मार्फत जीवन ज्योती जिउनकालागी अक्षयकोष अन्तरगत ६ जना विद्यार्थीलाई पढाउदै आएको छ ।
योसेक कल्वका अध्यक्ष भिष्म बुढाथोकी, अक्षयकोषकी संस्थापक अध्यक्ष कौशिला लिम्बुले र इलाका प्रहरी कार्यालय उर्लाबारीका ईन्चार्ज चन्द्र थापाले न्यानो अभियान अन्तरगत सुनपकुवा मा. वि.मा ५० जना बिपन्न तथा जेहेन्दार विद्यार्थीलाइ स्वीटर वितरण गरेका हुन् । बाक्लो हुस्सु तथा सितलहरका कारण बिध्याथीहरु स्कुल आउन नसक्ने भएकाले स्वीटर वितरण गरेको अध्यक्ष बुढाथोकीले बताए ।